सम्पादकीय : अप्ठ्यारोमा नेपाली सेना र कुशलता
सडकको ट्रयाक खोल्न सुरु गरेको झण्डै एक दशकपछी हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । भौगोलिक रुपमा कठिन तथा चुनौतिपूर्ण स्थानहरु भएको हुम्लामा यातायातका साधन चल्न समय लागे पनि सडक सञ्जाल विहिन हुम्ला भन्ने ट्याग चाही अब हटेको छ ।
ट्रयाक खोल्ने जिम्मा लिएको नेपाली सेनाले हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसंग जोडेको छ । सिङ्गो देश र हामी कर्णालीबासीका लागी यो गौरवपूर्ण कुरा हो । भौगोलिक विकटताका कारण यो कुरा असाध्यै चुनौतीपूर्ण र ठेकेदारका तर्फबाट गर्न नसक्ने भएकै कारणले नेपाल सरकारले यो ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । नेपाली सेनाले जिम्मा लिएको अन्य ठाउँको जस्तै हुम्लालाई राष्ट्रिय सडक सञ्जालसंग जोड्ने कामको जिम्मा पनि नेपाली सेनाले कुशलतापूर्वक गरेको छ ।
कर्णाली करिडोर नेपाल, भारत र चीन जोड्ने त्रिदेशिय सडक सञ्जाल पनि यहि हो । नेपाली सेनाका देशको रक्षादेखी लिएर बिरामीको उद्धार, सुत्केरी उद्धार, विपद्मा उद्धारका साथ साथै ठेकेदारले कयौं पटक काम गर्न नसक्ने भएर सम्झौता तोडेका पूर्वाधार निर्माणका कामहरु समेत नेपाली सेनाले कुशलतापूर्वक सम्पन्न गरेका थुप्रै उदाहरण छन् ।
देशको रक्षा, सिमा सुरक्षाको रक्षादेखी हर अप्ठ्यारामा उपस्थित हुन्छ नेपाली सेना जसका कारण देशको सिर उच्च रहन्छ भने अकालमा मृत्युको मुखबाट सुत्केरी र विपद्मा उद्धारको पर्खाईमा रहेकाहरुले नयाँ जीवन पाउँछन् । यि नेपाली सेनाका आम नागरिकका लागी गौरवका कामहरु हुन । भारतको सिमाना लुम्बिनीको बाँके अन्तर्गत जमुनाहदेखी चीनको सिमाना हिल्सासम्मको दुरी पाँच सय किलोमिटर पर्दछ । यो सडक बाँकेको जमुनाहदेखी सुर्खेत, कालीकोट, सुदुरपश्चिमको बाजुरा, हुम्ला सदरमुकाम सिमकोट हुँदै चीनको सिमाक्षेत्र हिल्सासम्म पुग्छ ।
सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरदेखी चार सय उन्नाईस किलोमिटरको दुरीमा चिनको हिल्सा नाका पुगिन्छ । यस्तो राष्ट्रिय गौरवको आयोजनाको काम सरकारले चाहेर नगरेको पनि थिएन तर कर्णालीको भौगोलिक विकटताका कारण ठेकेदारले समेत काम गर्ने आँट नगरेका यि र यस्ता कामहरुमा नेपाली सेनाले जिम्मा पाएका सुर्खेत जाजरकोट सडक खण्ड, सुर्खेत जुम्लाका केही भुभाग लगायतका ठाउँमा नेपाली सेनाले कुशलतापूर्वक सडक बनाउने काम गरेका ईतिहाँस ताजै छन् । नेपाली सेनालाई यि र यस्ता अन्य विकास निर्माणका कामहरुमा लगाउनुपर्छ भन्ने बुद्धि कहिले पलाउला नेतृत्वमा ?
नेपाली सेनाले जिम्मा लिएर काम गर्न सकिएन भनेर हात खडा गरेको कुनै ईतिहाँस छैन बरु आम नेपालीका छोराहरुले बलिदान दिएका छन् तर सक्दैनौ भनेर सलेण्डर गरेका छैनन् । त्यसै बिर गोर्खाली बनेका पनि त हैनन् नि हैन र ? यस्तो रहर लाग्दो र भर लाग्दो युवा जमात भएको नेपाली सेनालाई यतिमै सिमित गर्नुहुन्न ।
देशमा हुने विकास पूर्वाधार निर्माणका कामलाई ठेक्कामार्फत होईन बिदेश जान भिषा लगाउन जाने युवालाई नेपाली सेनाको पूर्वाधार निर्माण कार्यदल खडा गरेर सोही मार्फत काम गर्ने वाताारण सरकारले बनाएर देशकै र सरकारका आफ्नै जनशक्ति बनाएर सबै आफैले निर्माण गरेमा देशको बिकास १० वर्षमा सोचेभन्दा कयौं गुणा बढी बिकास हुन्छ ।
तर टुक्रा टुक्रा पारेर देश निल्न पल्केका नेताहरुले यो हुन दिनेवाला भने छैनन । कोही यो विषयमा सोच्ने सपुत जन्मियोस् नेपाल आमाको कोखबाट । जसले युवालाई खाडीमा बेच्ने होईन कि आफ्नै देशमा बसेर आफ्नै देशप्रती गौरभान्वित हुन सकुन हर नेपाल आमाका सन्तानहरु । जय देशभक्त नेपाली, राष्ट्रसेवक नेपाली सेना ।