सम्बोधन स्थलबाट राजावादीले भने, ‘मञ्च आउनुहोस्’

काठमाडौं । तीनकुनेमा राजावादी समर्थक र प्रहरीबीच झडप भएपछि सम्बोधनस्थलमा पुनः नेताहरू फर्किएका छन् ।

झडप भएपछि राजावादी नेताहरू सम्बोधन स्थल छाडेर सडक निस्किएका थिए । सम्बोधनस्थल फर्किएका नेताहरूले प्रदर्शनकारी मञ्चमा आउन आग्रह गरिरहेका छन् ।

दुर्गा प्रसाईँ, नवराज सुवेदी, धवल शमशेर राणा लगायतका नेताहरूले अहिले सम्बोध स्थलबाट प्रदर्शनकारीलाई मञ्चमा आउन आग्रह गरिरहेका छन् । तर प्रदर्शनकारीहरू प्रहरीसँग मुठभेट गरिरहेको देखिन्छ ।

सम्बोधनस्थलबाट मञ्च आउनुहोस् साथीहरू मञ्च भनेर नेताहरूले भनिरहेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *