सल्यानमा भरूवा बन्दुकसहित एकजना पक्राउ


सल्यानमा  भरूवा बन्दुकसहित एकजना पक्राउ परेका छन् ।
कुमाख गाउँपालिका–१ बस्ने २६ वर्षीय धनराज कामीलाई पक्राउ गरिएको हो । उनको साथबाट भरुवा बन्दुक एक थान, गोली पाँच राउन्ड, फलामका छर्रा ९ थान, केप ११ थान बरामद गरिएको छ ।

अस्थायी प्रहरी पोष्ट नेटाबजारबाट खटिएको प्रहरीले कामीको घरको तलासी गर्दा उक्त हाततियार फेला पारी पक्राउ गरिएको जनाइएको छ ।

सल्यानमा भरूवा बन्दुकसहित एकजना पक्राउ

YUGAAWHAN NATIONAL DAILY (2080-11-01)