२०८१ चैत्र १
×

Now Playing

सांसद थापाद्धारा औषधी सहयोग

दैलेख (चामुण्डा), २८ चैत्र ।
दैलेख निर्वाचन क्षेत्र नं. २ (क) सांसद सुशिलकुमार थापाले चामुण्डाविन्द्रासैनीलाई औषधी सहयोग गर्नु भएको छ । शुक्रबार सांसद थापाले कोरोना भाइरस फैलिन दिन चामुण्डाविन्द्रासैनी पुगेर औषधी तथा अन्य सामाग्रीहरु सहयोग गनर््ु भएको हो । उहाँले वितरण गरेको अतिआवश्यक औषधीहरु, स्वास्थ्य सामाग्रीहरु रहेका छन् ।

चामुण्डाविन्द्रासैनी नगरपालिका नगर–प्रमुख सूर्यबहादुर शाहीले माननिय थापालाई धन्यवाद ज्ञापन गदै आफै ब्यक्तिगत खर्च तथा अगुवाईमा भएको वितरण यो विपतको बेलामा निकै राम्रो काम भएको बताउनु भयो । यसैगरी भैरवी गाउँपालिका र दुल्लु नगरपालिकामा औषधी तथा अन्य सामाग्रीहरु सहयोग गरि सकिएकाले ठाँटिकाँध गाउँपालिका र आठविस नगरपालिकामा समेत सहयोग गर्ने कार्यक्रम रहेको सांसद थापा जानकारी दिनुभयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *