२०८१ चैत्र १
×

Now Playing

साक्षर घोषणा भए जुम्लाका ८ वटै स्थानीय


जुम्लाका आठ स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको एक मात्र चन्दननाथ नगरपालिका र सात वटा गाउँपालिका घोषणा गरिएको हो । बिहीबार गुठिचौर गाउँपालिकालाई एक कार्यक्रमको आयोजना गरि साक्षर गाउँपालिका घोषणा गरेपछि जुम्लाका आठ स्थानीय तह साक्षर घोषणा भएका हुन् ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले साक्षर घोषणा गरेर अब केही दिनभित्र साक्षर जिल्ला घोषणा हुने बताए । साक्षर घोषणा गर्न तोकिएका सूचकहरु पूरा भएपछि साक्षर गाउँपालिका घोषणा गरिएको हो । नेपाल सरकारको मापदण्ड अनुसार गाउँपालिकाभित्र ९५ प्रतिशत नागरिक अनिवार्य लेखपढ गर्न सक्ने हुनुपर्ने व्यवस्था छ ।

गुठिचौरमा १५ वर्षदेखि ६० वर्ष उमेरका ९५.७३ प्रतिशत साक्षरता भएको गाउँपालिका शिक्षा शाखा प्रमुख सिंहमान रावतले बताए । उक्त गाउँपालिकामा एक्ष देखि ५ वडा छन ् । उनका अनुसार दस हजार ९ सय ४४ जनसंख्या छ जसमध्ये १५ देखी ६० वर्ष उमेर समूहका छ हजार ७ सय ९३ जनसंख्या छ । जसमध्ये साक्षरता संख्या ६ हजार ५ सय ३ जना छन्,भने निरक्षर दुई सय ९० जनाको तथ्यांक छ । यस्तै ५ सय ७१ जनाले एसईई उतिर्ण गरेका छन् । ६ सय ४५ जनाले प्रविणता तह (१२) पास,१ सय ५० जनाले स्नातक तह र ३४ जनाले स्नातकोत्तर तह उतिर्ण गरेको शिक्षा शाखा प्रमुख रावतले बताए ।

यस्तै दुई हजार ८ सय २४ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये माध्यमिक तह ११–१२ सम्म ७९ जना,माध्यमिक तह ९–१० देखि १२ सम्म दुई सय ६९ जना,आधारभूत तह ६–८ सम्म ४ सय २२,आधारभूत तह १–५ सम्म १ हजार ६ सय ३३ जना र प्रारम्भिक बालविकास केन्द्रमा ४ सय २१ जना विद्यार्थी अध्ययनरत छन् ।

हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, मोबाइल तथा क्यालकुलेटर चलाउन सक्ने, आफ्ना भावना व्यक्त गर्न सक्ने जस्ता सूचकहरू पूरा भएपछि गाउँपालिका साक्षर घोषणा गरिएको अध्यक्ष दानबहादुर बुढाले बताए । यो भन्दा अघि तिला,कनकासुन्दरी, हिमा, सिंजा, चन्दननाथ नगरपालिका,तातोपानी र पातारासी गाउँपालिका साक्षर गाउँपालिकाका रूपमा घोषणा भइसकेका थिए ।

तिलामा ९५.४ प्रतिशत कनकासुन्दरी गाउँपालिकामा ९७ प्रतिशत, हिमा गाउँपालिकामा ९६ प्रतिशत, सिंजामा ९६.५ प्रतिशत, चन्दननाथ नगरपालिकाका ९८.९१ प्रतिशत,तातोपानी गाउँपालिकामा ९५.७७ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ । तोकिएका १२ सूचकहरूमध्ये ५० प्रतिशत सूचक पूरा भए साक्षर गाउँपालिका घोषणा गर्न मिल्ने प्रावधानअनुसार जुम्लाका स्थानीय तह साक्षर घोषणा गरिएका हुन् । कुल १३ हजार ६ सय २५ जनसंख्या रहेको गाउँपालिकामा ९७ प्रतिशत नागरिक साक्षर छन् ।

यता पातारासी गाउँपालिकामा १५ देखि ६० वर्षसम्मका १० हजार ४२ जनसंख्या मध्ये ९५.२४ प्रतिशत नागरिक साक्षर छन् । एसएलसि वा एसईई पास गरेका ९ सय २८, कक्षा १२ पास गरेका ६ सय ६४, स्नातक तह उत्तीर्ण एक सय ४९ र स्नात्तक तह उत्तीर्ण गरेका ४९ जना छन् ।

प्रारम्भिक बाल विकास केन्द्रमा ६ सय ३३, आधारभुत हत (१–५) मा ३ हजार ४, आधारभुत हत (६–८) मा १ हजार ३ सय ४५, माध्यमिक तह (९–१०) मा ७ सय १३ र माध्यमिक तह (११–१२) मा ३ सय ६२ जना विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाभित्रका रहेका १६ देखि ६० वर्षसम्मका १७ हजार निरक्षरलाई गत वर्षको वैशाख देखि गत असारसम्म साक्षर बनाइएको बताए ।

यता चन्दनाथ नगरपालिकाको कुल २१ हजार ३६ जनसंख्या रहेको नगरपालिकामा ९८ प्रतिशत नागरिक साक्षर तथ्यांक छ । सिंजा गाउँपालिकाले कुल जनसंख्याको ९६ प्रतिशत नागरिक साक्षर भइसकेको देखाएको छ । यस्तै हिमा गाउँपालिको कुल जनसंख्या १२ हजार ८ सय ४ रहेकोमा १२ हजार २ सय २५ जना साक्षर छन् । हिमाका १ देखि ७ वडासम्म ९५.७२ प्रतिशत जनसंख्या साक्षर रहेको र मात्र ४.२८ प्रतिशत निरक्षर छन् । गाउँपालिकाको तथ्यांकअनुसार, ५५ जनाले स्नातकोत्तर तह, १ सय ५५ जनाले स्नातक तह, र ८ सय जनाले आइएड तह उत्तीर्ण गरेका छन् ।

उच्च मावि पास गरेका १ हजार १ सय ९६, एसएलसी पास गरेका ९ सय ५० र एसइई पास गरेका १ हजार ६ सय ४८ जना रहेका छन् । बालविकासको क्षेत्रमा ४ सय २२ जना सामान्य साक्षर छन् भने ५ हजार ३ सय जना विद्यालय उमेरका बालबालिका साक्षर छन् ।