२०८१ चैत्र १
×

Now Playing

सार्वजनिक बिदामा पनि उपचार सेवा

यस पटकको दसैँको सार्वजनिक बिदाका दिनमा पनि जिल्लाभित्रका स्वास्थ्यचौकीले सुचारु गरेर बिरामीको उपचार गरिएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाको निर्णयअनुसार बिरामीको सहजताका लागि स्वास्थ्यचौकी सञ्चालन गरेर बिरामीको उपचार गरिएको हो ।
सिमकोट गाउँपालिका स्वास्थ्य शाखाकी सहसंयोजक बसन्ती रावतले दसैँ बिदाभरि स्वास्थ्यचौकी सञ्चालन गरेर बिरामीको उपचार गरिएको बताइन् ।

दसैँ बिदा कात्तिक ४ गतेबाट नौ गतेसम्म चार वटा स्वास्थ्यचौकी ठेहे, बरगाउँ, डाँडाफया र स्याँडालाई चौबीसै घण्टा सञ्चालनमा ल्याएर बिरामीको उपचार गरिएको थियो। यसबाट ठेहे स्वास्थ्यचौकीले ८२ जना, बरगाउँदे १४ जना, डाँडाफयाँले ३४ जना र स्याडाँ स्वास्थ्यचौकीले ६४ जना बिरामी गरी एक सय ९४ जनाको उपचार गरिएको थियो ।

सार्वजनिक बिदामा पनि सञ्चालन भएका स्वास्थ्यचौकीले सामान्य उपचार सेवा, सिबिआइएम एन र सिआई सेवा, परिवार नियोजन सेवा, खोप सेवा, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा र आकस्मिक सेवा प्रदान गरेका थिए ।

यसका लागि १५ भन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको थियो। त्यसैगरी, खार्पुनाथ गाउँपालिकाका स्वास्थ्यचौकीले पनि दसैँको बिदामा उपचार सेवा प्रदान गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बलिराज शाहीले बताए । उक्त गाउँपालिकाका स्वास्थ्यचौकीले दुई सयभन्दा बढी बिरामीको उपचार गरेका थिए ।

त्यसैगरी, दक्षिणी क्षेत्रको ताजाँकोट गाउँपालिकाको मैला स्वास्थ्यचौकीका संयोजक धनराज ढकालले पनि सार्वजनिक बिदामा सञ्चालनमा रहेका स्वास्थ्यचौकीले डेढ सय बिरामीको उपचार गरिएको बताए ।

सार्वजनिक बिदामा पनि उपचार सेवा

कसरी पुग्ने त रारा ?