‘स्याम्पाटी’मा लेख्थिम्, माउस भनेको चुहा भनेर पढ्थिम्

सृजना बुढाथोकी
सुर्खेत, ११ असोज ।
म पीताम्बर ढकाल । उमेर अहिले ६८ वर्ष भयो । म सुर्खेतको सिम्ता गाउँपालिकाको बजेडीचौरमा जन्मिएको हुँ । बजेडीचौरमा जन्मिएपनि मेरो बालापन लेखफर्सामा बित्यो । हाम्रा तीनवटा घर थिए । खेतीपातीको लागि लेखफर्साको फाँटमा, अन्नबाली जम्मा गर्नका लागि खर्कमा र लेकमा गरी तीनवटा घर थिए। पञ्चायतका पालामा जन्मिएको मैले अभावमा जिउने मानिसका जीवन कथा प्रत्यक्ष देखेको छु। न शिक्षा, न स्वास्थ्य, न गतिलो खानपान।

बिरामी पर्दा पनि झारफुक र वैद्यले दिएको जडिबुटीबाटै बाँचेर संघर्ष गरेको मेरो जीवन । कुरा वि.सं. २०२० सालको हो, मेरो घरका सबै जना बिरामी परेका थिए । म पनि त्यो समय बेहोशीमै थिए । उपचार के हो भन्ने थाह थिएन जडिबुटि र झारफुक नै औषधि थियो । त्यो समय मेरी आमा सुत्केरी हुनुहुन्थ्यो मेरो भाई जन्मिएको थियो । त्यहि बिरामीले मेरो भाईको मृत्यु भयो, त्यसको भोलिपल्ट मेरो दिदीपनि बिरामी भएरै बित्नुभयो र अर्को दिन मेरी आमा पनि बित्नुभयो ।

मेरो घरमा तीन दिनमा लगातार तीन जनाको मृत्यु भयो । संसारमा मेरो लागि र मेरा परिवारका लागि यो भन्दा ठूलो बज्रपात केहि पर्ला र ? मेडिकल औषधि केहि हुँदैन थियो । त्यो समयमा निमोनियालाई सिताङ्गे भन्थिम हामी । सिताङ्गे भयो भने नुनपानी पकाएर तातो पानीले सेक्ने भन्ने गरिन्थ्यो । त्यो समय क,ख,रा र बा¥हखरी जानेकानै शिक्षक हुन पाउँथे । संस्कृत भाषा जानेकाहरु हेडमास्टर हुन्थे । मैलेपनि लेखफर्सामा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा पढेको हुँ ।

कक्षा कोठा, विद्यालयको भवन के हो मैले थाह पाइन, हामी त बारीको आलीमा बसेर पढेको हो । दुबो र झारले भरिएको आलिमा बसेर क,ख, रा… बा¥हखरी, चण्डी पढ्ने हामीले त्यो समय किताब त हुन्थ्यो तर ‘माई इङ्गलीस रिडर बुक’ नाम गरेको अंग्रेजी किताब हुन्थ्यो त्यसमा भएका मिनिङ्गहरु हिन्दीमा हुन्थे ।

जस्तै माउस भनेको चुहा भनेर हामीले पढ्नु प¥थ्र्यो । त्यो समयमा शिक्षकले माया गरेर पढाउने हँुदैन थियो । घोकन्ते पढाई हुन्थ्यो, कण्ठ गरे शिक्षक खुशी पार्न सकिन्थ्यो नत्र पिटाई पाइन्थ्यो ।  सजायसंग डराउने पढ्थे नडराउनेले पढ्न नै छोड्थे । पढ्न जहाँ जहाँ गइन्थ्यो, दालचामल सबै बोकेरै हिडिन्थ्यो । स्याम्पाटीमा लेखेर पढ्ने गर्थे त्यो समयमा ।

स्याम्पाटी भनेको काठको पाटी बनाएर खरी दल्ने अनि त्यसमै लेख्ने । फोहोर भएका कपडा धुनका लागि साबन हुँदैन थियो कि रिठ्ठा हुन्थ्यो कि खरानी । तर मेरो दिदी र बुवाले तातो पानी उमालेर त्यसमा साँझको दाउराको सेतो खरानी राखेर उमाल्ने अनि कपडा त्यसमै पकाएर सिलोटले पिटीपिटी धुने गर्नहुन्थ्यो ।

बुवासंग हाट जान्थे मपनि रहरले । हामी त्यो समयमा राजापुर जान्थिम् । राजापुर भनेको व्यापारिक केन्द्र थियो । राजापुरपछि नेपालगञ्जमा सामान पाइन थाल्यो । सुर्खेतमा सबैभन्दा पुराना विद्यालय भनेको इत्राम स्कुल र गर्पनको स्कुल थियो । उच्च शिक्षा पढ्नका लागि सुर्खेतमा थिएन । म उच्च शिक्षा पढ्नका लागि पाल्पा पुगेको थिए । पाल्पामा पढ्दामा पढ्दा पाँच रुपैयाँमा मासिक कोठा भाँडा र पाँच रुपैयाँमा पानी ल्याएर खाना पकाउने मानिस भेटिन्थ्यो ।

होटेलमा खाँदा मासिक ७० रुपैयाँमा हुन्थ्यो । मैले पहिलो पटक २०३६ सालमा पहिलो पटक गाउँको प्राथमिक विद्यालयमा पढाउने अवसर पाएको थिएँ । मेरो मासिक तलब ९५ रुपैयाँ थियो । हामीले खाने भनेको त्यो समय गाईवस्तु पाल्ने खेतिपाती गर्ने हुनाले दूधदही घिऊ, मह रोटी, मकै, भटमास यहि हो खाने ।

तरकारी केहि हँुदैन थियो, कि दाल भात हो खाने त्यहिपनि कहिलेकाहि अधिकांश खाने भनेको रोटी र मोहि । खेतिपातीमै रुमलिने परिवेशमा जन्मिएको म र मेरा परिवारले काम गर्न खेतबारी, परिम जाँदा बच्चालाई कोक्रोमा राखेर जाने गरिन्थ्यो ।

काम सकेर जतिबेला आइन्छ बच्चा रुँदै खेल्दै त्यहि कोक्रोमा हुन्थ्यो । खेती पनि भेरी किनारमै गरिन्थ्यो । विद्यालय पनि जहाँ जहाँ वस्ति जान्छ त्यहि त्यहि सथ्र्याे । केहि महिना लेक, केहि महिना बेशी । कृषि र पशुपालनमा जिविका भयो । धोती, चोलो धलेक महिलाका पोषाक थिए भने पाइजामा, हाफपाइन्ट लाइन्थ्यो । पहिला पञ्चायत हुँदा प्रधान पञ्च, उपप्रधान पञ्चले गाउँमा हुने सामान्यदेखि लगभग समस्या सबै छिनोफानो गर्ने गर्थे ।

सुर्खेत नेपालगञ्जको बाटो गोरेटो पहिलै भएपनि वि.सं २०३९ सालमा मोटरेबल बाटो बनेको हो, ग्राबेल हालेर । सुर्खेतको सदरमुकाम गोठीकाँडा थियो । वीरेन्द्रनगरमा त बस्ती नै थिएनन् । २०२३ सालमा बल्ल औलो निर्मूल भएपछि बस्ति बस्यो । मैले सुर्खेतमा घर बनाएर बस्नको लागि आउँदा २०३९ सालमा पन्ध्र हजारमा एक कठ्ठा पाँच धुर जग्गा किनेको थिएँ ।

‘स्याम्पाटी’मा लेख्थिम्, माउस भनेको चुहा भनेर पढ्थिम्

ब्राण्ड स्टोरी : फूल खेतीले ‘समानता’मा मलजल

‘स्याम्पाटी’मा लेख्थिम्, माउस भनेको चुहा भनेर पढ्थिम्

बाफिकोटमा बजार अनुगमन सम्पन्न १५ लाख बराबरको

Leave a comment

Your email address will not be published. Required fields are marked *