स्वास्थ्य बीमा गरेका बिरामीलाई भेद्भाव नगर्न निर्देशन
सुर्खेत : नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले स्वास्थ्य बिमामार्फत उपचार गर्न आउने बिरामीलाई भेदभाव नगर्न निर्देशन दिएका छन् । प्रदेश अस्पतालको १४ औँ स्थापना दिवसका अवसरमा आज वीरेन्द्रनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य बीमाका सेवाग्राहीलाई राम्रो व्यवहार नगरेको धेरै गुनासो आउने गरेकाले त्यस्तो कुनै भेदभाव नगर्न निर्देशन दिएका हुन् ।
‘स्वास्थ्य बीमा गरेकाहरु उपचारका लागि आउँदा अस्पतालले राम्रो व्यवहार नगरेको भन्ने गुनासाहरु देशभरीबाटै आएका छन्,’ उनले भने, ‘सबै नागरिकको पहुँचमा स्वास्थ्य बीमा पु¥याउने सरकारको लक्ष्य छ, त्यसैले आउँदा दिनमा यस्तो कुरा सुन्न नपरोस् ।’ उनले मन्त्री–राज्यमन्त्रीबीचको कार्यविभाजनमा स्वास्थ्य बीमा कार्यक्रम हेर्ने जिम्मेवारी आफूले पाएको जानकारी दिए ।
यसलाई थप विस्तार एवं व्यवस्थित गरिने उनको भनाई छ । राज्यमन्त्री रावतले स्वास्थ्य उपचारमा जनताको ठूलो धनराशी खर्च भैरहेकाले स्वास्थ्य बिमामार्फत यसलाई घटाउने योजनामा सरकार लागिपरेको बताए । पछिल्लो समय प्रदेश अस्पताल सुर्खेतप्रति जनविश्वास बढ्दै गएकाले यसलाई थप गुणस्तरीय र सेवा विस्तार गर्न व्यवस्थापन समिति र प्रशासनको महत्वपूर्ण भूमिका रहने बताए ।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश अस्पताल सुर्खेतबाट दुई वर्षयता सेवा प्रवाहमा थुपै्र सुधारका परिणामहरु देखापरेको बताए ।