२०८१ चैत्र १
×

Now Playing

हिल्साको सडकको ढलान कार्य धमाधम ढलान

नेपाल र चीनको सिमाना हिल्साको नेपालतर्फको सडकको ढलान कार्य धमाधम भइरहेको छ । चीनको ताक्लाकोटबाट ढुवानी भएर आएको सामग्री सो क्षेत्र झारिने र सडक ढलान नभएको कारण सामानहरु धुलाम्मे हुन थालेपछि सडक ढलानको काम शुुरु गरिएको हो ।

चिनीयाँ सडक कालोपत्रे भएर चिल्लो देखिएका बेला नेपालतर्फ भने धुलाम्मे सडक हुँदा ब्यापारीको चीनको ताक्लाकोटबाट ल्याइएको सामान धुलाम्मे हुनेभएकाले तत्कालका लागि ढलान कार्य शुरु गरिएको हो । चिनियाँ बिकास सामग्री प्रयोग गरेर सडक ढलान कार्य भइरहेको छ ।
धुलाम्मे सडकमा सामान फालिने भएको कारण सुरक्षाकर्मीलाई पनि सामान चेकजाँच गर्न कठिन अबस्था थियो ।

सघन शहरी बिकास कार्यालय जुम्लाले तत्काल सीमा क्षेत्रको दशगजाको सडकलाई ढलान गर्न आग्रह गरेको र कार्यालयले पनि तत्काल काम शुरु गर्न लगाएको कार्यालयका सवइन्जिनीयर बिमल रावतले बताए । सो क्षेत्रको ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ सडकलाई ढलान कार्य शुरु गरिएको हो ।

उपभोक्ता समितिले हाल ढुङ्गा बिछ्याउने, सरिया मिलाउने कार्य सम्पन्न भएपछि ढलान कार्य शुरु भएको सो कार्यमा संलग्न हिल्साका स्थानीय कार्मा तन्डुप लामाले बताए । यसका लागि कार्यालयले ३२ लाख रुपैया बजेटको ब्यवस्था गरेको छ । हिल्साको दशगजा क्षेत्रको सडक तत्तकाल ढलान कार्य सम्भव भएको बताउँदै उनले यसले ब्यापारी, सुरक्षाकर्मी सबैलाई सामान धुलोबाट जोगाउन सहज भएको बताए ।

हिल्साको सडकको ढलान कार्य धमाधम ढलान

कसरी पुग्ने त रारा ?