२८ लाखमा वडाले खरिद ग¥यो : एम्बुलेन्स


आफ्ना नागरिकहरुलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यसहित जुम्लाको पातारासी गाउँपालिका –५ ले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कुल २८ लाखमा एम्बुलेन्स खरीद गरेको वडाध्यक्ष दत्तवहादुर बुढाले बताए ।

उनका अनुसार, वडाको तर्फबाट १६ लाख ५० हजार, अध्यक्ष कोषबाट २ लाख ५० हजार, उपाध्यक्ष कोषबाट ४ लाख र गाउँपालिकाको तर्फबाट ५ लाख गरि कुल लागत २८ लाख रुपैयाँमा परेको हो ।

सुत्केरी, गर्भवति र आकस्मिक विरामीलाई सेवा दिइनेछ् । गाउँपालिकाभित्र मात्र नभएर अन्य छिमेकी पालिकाबाट समेत बिरामी बोक्न सहयोग पुग्ने वडा अध्यक्ष बुढाले विश्वास गरे । आकस्मिक विरामी परेको बेला स्वास्थ्य संस्था सम्म लिन सजिलो होस् भन्ने उदेश्य छ । वडाबाट स्वास्थ्य संस्था टाढा भएकाले नागरिकको पहुँच स्वास्थ्यमा वृद्धि गर्न खोजिएको छ । वडाध्यक्ष बुढाले भने, एम्बुलेन्स नहुँदा कतिपय विरामीहरु घरमै बस्ने गरेका छन् । पातारासीमा ७ वटा वडामध्ये ५ नम्बर वडाले एम्बुलेन्स खरीद गरेको हो ।

यता पातारासी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतन बुढथापाले एम्बुलेन्स सेवा अतिआवश्यक रहेको बताए । वडा नम्बर १, २ र ३ का लागि एउटा, वडा नम्बर ४ र ५ का लागि एउटा र वडा नम्बर ६ र ७ का लागि एउटा एम्बुलेन्स चाहिन्छ ।

यो एम्बुलेन्समा जिपिएस जडित छ, एम्बुलेन्स राम्रो हो। गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा नागरीकलाई सेवा दिनु राम्रो पक्ष भएको बताउँछन् ।

२८ लाखमा वडाले खरिद ग¥यो : एम्बुलेन्स

कर्णाली पुल खुल्यो