२०८१ फाल्गुन २९
×

Now Playing

७२ हजार ७१९ पर्यटक आए

सन् २०२४ को अगस्ट महिनामा ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन् । पछिल्ला दुई वर्षका तुलनामा यो संख्या धेरै हो ।

पर्यटन बोर्डका अनुसार अगस्टमा ७२ हजार ७१९ पर्यटक आएका हुन् । अघिल्लो वर्ष सन् २०२३ को अगस्टमा ६७ हजार १५३ पर्यटक आएका थिए । यस्तै, सन् २०२२ को अगस्टमा ४१ हजार ३०४ पर्यटक आएका थिए ।

कोरोनाअघि सन् २०१९ को अगस्टमा ९४ हजार ७४९ पर्यटक आएका थिए ।

विगतमा जस्तै यसपाली पनि आउनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन् । बोर्डका अनुसार भारतबाट २५ हजार ८३२ पर्यटक आएको देखिन्छ ।

यस्तै, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट पाँच हजार ६१४, श्रीलंकाबाट चार हजार ८५१ र बंगलादेशबाट तीन हजार ७७ पर्यटक आएका छन् ।

यससँगै सन् २०२४ को ८ महिना ९जनवरीदेखि अगस्टसम्म०मा ७ लाख २ हजार ३३४ पर्यटक आएका छन् ।

पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ७९ हजार ४२६, मार्चमा एक लाख २८ हजार १६७, अप्रिलमा एक लाख ११ हजार ३७६ र मे मा ९० हजार २११ पर्यटक भित्रिएका थिए ।

गत जुन महिनामा ७६ हजार ७३६, जुलाई महिनामा ६४ हजार ५९९ र अगस्टमा ७२ हजार ७१९ पर्यटक भित्रिएका छन् ।

७२ हजार ७१९ पर्यटक आए

शेयर बजार १ सय २७ अङ्कले बढेर