मुग : रारा तालमा रहेका माछा धमाधम मर्न थालेका छन् । एक सातादेखि तालमा माछा मरेर तैरिन थालेको स्थानीयले बताएका छन् ।
तालमा रहेका असला माछा धमाधम मर्न थालेपछि रारा ताल दुर्गन्धित भएको मुर्मा गाउँका बीर्खबहादुर रोकायाले बताए । तालमा डुंगा सवार गराउँदा मरेका माछा भेटिने उनले बताए । मरेको माछा तालको किनारदेखि बीच भागमा उत्रिन थालेपछि जलेवा, हाँस र कागलगायत चराले टिपेर खान थालेका छन् ।
हिमपातले गर्दा वनजंगलको विषादीयुक्त जडीबुटी बगेर तालमा आउँदा माछा मरेको हुनसक्ने रारा राष्ट्रिय निकुञ्ज अधिकृत लालबहादुर भण्डारीले बताउँछन् । यसबारे अनुसन्धान भइरहेको उनले बताए । करिव २ हजार ९२९ मिटर उचाइमा रहेको रारा तालमा असला माछा मरेको यो पहिलो घटना हो ।
युग संवाददाता । । १४ पुष २०७६, सोमबार १२:४८