अलमलमै न्यायिक समिति

सुर्खेत : डोल्पाको ठूलो भेरी नगरपालिकामा गत असारमा मात्र न्यायिक समिति गठन भयो । यो समिति गठन हुनझण्डै दुई वर्षलाग्यो । समिति गठन भएको ६ महिनापछि अर्थात पुस २ गते बसेको कार्यापालिका बैठकले समिति सञ्चालन गर्ने निर्णय ग¥यो । तर अझै पनिन्यायिक समितिको इजलाश भने बनिसकेको छैन । ‘नगरको केन्द्र विवादका कारण समिति गठन हुन […]

2076-09-15

कानून बनाउँदा सहकार्य गरौं

  सुर्खेत : कानून बनाउदा तीनको सरकारबीच समन्वय हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । नगारिक संवाद केन्द्रले वीरेन्द्रनगरमा गरेको कार्यक्रमका सहभागीहरुले तीन तहका सरकारबीच समन्वय गरेर कानून निर्माण गर्न सुझाव दिएका हुन । सहभागीले तीन तहका सरकारबीच नै फरक–फरक कानून निर्माण हुदाँ कानूनी समस्या आउने गरेको बताए । प्रदेश सरकारले विभिन्न विधेयक बनाउने […]

अब जुम्लामै डाक्टर पढाइ हुने

सुर्खेत : जुम्लामा आगामी शैक्षिक सत्रदेखि एमबीबीएस र एमडिएमएस (स्नातकोत्तर) पढाई हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) को सातौं सिनेट (सभा) ले जुम्लामा एमबीबीएस र एमडीएमएसको अध्ययन सुरु गर्ने बाटो खोलेको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले दिएको जानकारी अनुसार आगामी शैक्षिक शत्रबाट एमबीबीएस, एमडीएमएस जनरल, एमएस अर्थोपेडिक्स, एमडी ईन […]

भ्रमण वर्षको शुभारम्भ बुलबुलेबाट

सुर्खेत : नेपाल भ्रमण वर्षको कर्णालीमा पनि शुभारम्भ गरिने भएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल भ्रमण वर्ष २०२० को बुलबुले तालबाट शुभारम्भ गर्न लागेको हो । भोली (बुधवार)बुलबुले तालमा औपचारिक कार्यक्रमको आयोजना गरेर नेपाल भ्रमण वर्षको शुभारम्भ गरिने मन्त्रालयले जानकारी दिएको छ । कर्णालीका पर्यटन क्षेत्रको पूर्वाधारमा लगानी गरीरहेकाले विगतकोभन्दा […]

स्थानीयले बनाए स्कूलको भवन

हुम्ला : हिमपातका कारण हुम्लामा चिसो अत्याधिक बढेको छ । तापक्रम माइनसमा पुगेको छ । तर उत्तरी हुम्लाका बासिन्दाले विद्यालय भवन बनाउन भने रोकेनन् । निर्धारित समयमा काम सम्पन्न गर्नुपर्ने भएपछि स्थानीय समुदायले चिसो नभनी दुई कोठे विद्यालय भवन बनाएका हुन् । सिमकोट गाउँपालिका वडा नम्बर ३ को बरगाउँमा रहेको रलिङ माविका लागि दुई कोठे […]

एनआरटीलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले तेस्रो जित निकालेको छ । सोमवार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले तेस्रो जित निकालेको हो । एन्फा कम्प्लेक्समा मछिन्द्रलाई जित दिलाउन एडिलाजा सोमिडेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ९० औं मिनेटमा एडिलाजाले हेडमार्फत निर्णायक गोल गरेका […]

दुई महिनादेखि इलाका प्रशासन प्रमुखविहिन

सल्यान : बागचौर नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालय दुई महिनादेखि प्रमुखविहीन बनेको छ । यस अघि कार्यालय प्रमुख सरुवा भएपछि नयाँ कार्यालय प्रमुख नआएको प्रशासन स्रोतले जनाएको छ । कार्यालयमा लामो समयदेखि प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । सबैभन्दा बढी कार्यालयबाट नागरिकता लिन आउनेहरू प्रत्यक्ष मारमा परेका छन् । इलाका प्रशासनबाट सहजै पाइने नागरिकता […]

‘कर्मचारी सुध्रिनुको विकल्प छैन’

सुर्खेत : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्मचारीहरु सुध्रिनुको विकल्प नरहेको बताएका छन् । नेपाल विद्युत प्राधिकरणको आधिकारिक ट्रेड युनियनले वीरेन्द्रनगरमा आयोजित ‘सहज सेवा, स्वच्छ नेपाल विद्युत प्राधिकरण’ राष्ट्रिय अभियानलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । सरकारी कर्मचारी घुस खानकै लागी जन्मिएको जस्तो सामाजमा नकारात्मक छाप परेको मुख्यमन्त्रीले बताए । ‘अब कर्मचारी सुध्रिनुको विकल्प […]

‘अब यस्तो नहोस्’ पुस्तक विमोचन

  सुर्खेत : कर्णाली प्रदेशका जनप्रतिनिधिको आधा कार्यकालमा भएगरेका गतिविधिलाई समेटेर लेखिएको ‘अव यस्तो नहोस्’ नामक पुस्तक विमोचन गरीएको छ । तन्नेरी चासो सुर्खेतको समुहले लेखेको पुस्तक कर्णाली प्रदेश सभा सदस्य पदमबहादुर रोकाया, पद्मीक्वारी बोहोरा र कौशिलावती खत्रीले सोमवार संयुक्त रुपमा विमोचन गरेका हुन् । पुस्तकमा कर्णाली प्रदेशका जनप्रतिनिधिले गरेका प्रतिबद्धता र कामका विषयमा लेखिएका […]

अतिक्रमित सरकारी जग्गा फिर्ता गराउँदै प्रशासन

सुर्खेत : सुर्खेतमा अतिक्रमणमा परेको सरकारी जग्गाको खोजी सुरु भएको छ । विभिन्न पक्ष र व्यक्तिहरुले हडपेको सरकारी जग्गा फिर्ता लिने अभियान थालिएको हो । यहीक्रममा सरकारी कार्यालयको नाममा रहेको तर अतिक्रमणमा परेको जग्गा खोज्न थालिएको छ । जिल्लामा कति सरकारी जग्गा अतिक्रमित छ भन्ने एकीन तथ्याकं छैन । तर जिल्ला प्रशासन कार्यालय सुर्खेतले अतिक्रममा […]

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

सुर्खेत : सुर्खेतको बराहताल गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट बराहताल गाउँपालिका–३ लेखगाउँकी चन्द्रा नेपालीको मृत्यु भएको हो । अन्दाजी ४५ वर्षीय नेपालीलाई घर नजिकै बख्रालई घाँस काट्न गएको बेला बिहान साढे ९ बजेतिर बाघले आक्रमण गरेको थियो । ‘बाघले आक्रमण गर्दा नेपालीको घटनास्थलमै मृत्यु भएको छ’ स्थानीय जयराम बोगटीले बताए, […]

2076-09-14