सुर्खेत : जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं स्थापना दिवस शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सहकारीका अध्यक्षय र संचालक हरिहरनाथ योगी तथा अन्य अतिथिहरुबाट पानसमा दिप प्रज्वलन का साथै केक काटी कायैक्रमको समु–उध्घाटन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवंम सहकारी बैंकका सञ्चालक हरिहरनाथ योगीले सहकारीहरुले आर्थिक कारोवारमात्र नगरी सामाजिक क्षेत्रमा परोपपकारमा कामहरु गरेकोमा खुशि व्याक्त गर्दै यस्ता क्रियाकलापलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश अस्पताल अध्यक्ष श्यामलाल कडेलले यस जनिहितकारी सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा प्रदेश अस्पताललाई गरेको सहयोग मात्र नभई एक उत्कृष्ट सांकेतिक परोपकारी कार्य भएकोले जसका कारण अन्य मनकारी संघ संस्थाहरुले अस्पतालमा रहेका दिन दुखि हरुलाई गर्नसक्ने सहयोगका लागि उदाहरणिय प्रेरणा बनेको भन्दै सहकारीलाई खुसिका साथ धन्यवाद समेत प्रकट गरे ।
दिवसका अवसमा सप्ताहव्यापी कार्यक्रमहरु संस्थाले पुस ७ गते सदस्यता घरदैलो अभियान गरेको थियो । उक्त घरदैलो अभियानमा १ सय ७० जना नयां शेयर सदस्यहरु थपेको थियो । साथै मधुमेह तथा रक्तचाप जांच शिविर संचालन गरि ४२ जनाको जांच समेत संस्थाले गरेको थियो ।
संगसगै पुस १० भएको विद्यालय हाजिरीजवाफ प्रतियोगितामा विभिन्न विद्यालय गरेर ८३ जनाको सहभागिता रहेको थियो । उक्त प्रथियोगितामा सफल हुने प्रतिसप्रधिलाई पुरस्कार वितरण समेत प्रदान गरेको हो ।
जस्मा ईन्टरनेशनल कोअपरेटिभ स्कूल प्रथम, हर्मन माईनर स्कूल द्धितिय, हर्मन माईनरकै अर्को टिम तृतिय र ईन्टरनेशनल कोअपरेटिभ स्कूलकै अर्को टिम सान्तवना हुन सफल भएको थियो । पुरस्कार स्वरुप क्रमश ः नगद रु चार, तीन, दुई, एक हजार र प्रमाण पत्र प्रदान गरिएको थियो ।
युग संवाददाता । । १९ पुष २०७६, शनिबार १५:१२