सम्पादकीय : पुननिर्माण पुरा गर

काँक्रेविहार सुर्खेतको एउटा धरोहर हो । पर्यटकीय हिसावले काँक्रेविहार कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थल पनि हो । १३ औं सताब्दीतिर निर्माण गरिएको ऐतिहासिक काँक्रेविहार धार्मिक पर्यटनका हिसावले निकै महत्वपुर्ण मानिन्छ । पुरातात्विक र ऐतिहासिक महत्व बोकेको काँक्रेविहार सुर्खेतवासीको महत्वपूर्ण सम्पत्ति हो ।

यस हिसावले पर्यटन प्रवद्र्धनको लागि कोशेढुंगा बन्ने निश्चित छ । तर यसको पुनर्निर्माणमा भने फलामका चिउरा चपाउनु सरह भएको छ । काम सुरु गरेको झण्डै २० वर्ष पुग्दा पनि पुनर्निमार्णको सकिएको छैन । पुरातत्व विभागले २०५७ सालबाट काँक्रेविहारको पुनर्निर्माण थालिएको छ । उसो त २०६१ सालमा सरकारले बजेट छुट्याउँदा पनि पुनर्निर्माणको काम अघि बढेन ।

गुरुयोजनाको अभावमा करिव १० वर्षसम्म पुनर्निर्माणका सुरुवात हुन सकेन । अन्ततः वर्षाैको प्रयासपछि २०७२ साल असार ४ गते तीन वर्षमा पुनर्निर्माण सक्नेगरी पुनर्निर्माण थालियो । तर मन्दिर ठड्याउने बाहेक अन्य काम अन्य काम हुन सकेको छैन । निर्माणको जिम्मा लिएको ठेकेदारबीच विवाद हुँदा पुननिर्माणको टुङ्गो छैन । पुरातत्व विभागसँग ठेक्का लिएको सिद्धबाबा कन्ट्रक्शनले पेटी ठेकेदार तिर्थराम काश्यवलाई जिम्मा दिएको छ । तर काश्यवले सिद्धबासँग भुत्तानी नपाएको भन्दै काम अलपत्र छोडेका छन् ।

यही विवादले पनुर्निर्माण अधुरै रहने अवस्था देखिएको छ । तर अब भने काँक्रेविहार निर्माणमा खेलवाड गरिनु हुँदैन । किनकी काँक्रेविहार कर्णालीवासीको महत्वपूर्ण सम्पत्ति हो । बरु सरोकारवाला पक्षले तत्काल गुरुयोजना बनाउन कदम चाल्नुपर्छ । पुनर्निर्माणलाई अधुरै छोडेर सम्पदाको खिल्ली उडाउनु हुँदैन । प्रदेश नम्बर ५ को लुम्बिनी र चीनको कैलाश मानसरोवर पुग्ने धार्मिक पर्यटकलाई काँक्रेविहारसम्म जोड्नु पर्छ ।

शिखर शैलीमा काँक्रेविहारलाई अन्तिम रुप दिनुपर्छ । मन्दिरलाई रंगरोगन, वाटरप्रुफ रंग, कम्पाउण्डिङ र चक्रपथ निर्माण लगायतका कामहरु गर्न सक्नुपर्छ । अटेरी गर्ने ठेकेदार र चासो नदिने पुरातात्व विभागलाई पनुर्निर्माण तोकिएकै समयमा सम्पन्न गर्न दवाव र समन्वय गर्नुपर्छ । तसर्थ काँक्रेविहारको पुनर्निर्माणमा हातमालो गर । तर बाहानाबाजी बनाउँदै पर्यटकीय धरोहरको खिल्ली नउडाऊ ।

तपाईको प्रतिक्रिया