सुर्खेत : विश्वभर फैलिएको कोरोना भाईरस कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले पढनपाठन बन्ध गरेको छ ।
कोरना भाइरस विषय लिएर नेपाल सरकारले २०७६/१२/ ०५ गतेको कोभिड–१९ को संक्रमण, रोगथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिको निर्यण अनुसार अर्को सुचना प्रकाशन नहुदा सम्मको लागि छैत ६ गते देखि चैत मसान्त सम्म पठनपाठन बन्द हुने भएको हो ।
त्यसैले सुर्खेतको मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्र्तगतका सम्पुर्ण क्याम्पसहरुमा पठनपाठन बन्द रहने मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यलय सुर्खेतका अधिकृत दिनेश गौतमले जानकारी दिएका छन् ।
युग संवाददाता । । ६ चैत्र २०७६, बिहीबार १६:००