वीरेन्द्रनगरले धुलियाबिडमा ‘हेल्थ डेस्क’ स्थापना गर्ने

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि वीरेन्द्रनगर भित्रिने नाका धुलियाबिडमा ‘हेल्थ डेस्क’ स्थापना गर्ने भएको छ । नगर स्तिरीय कोरोना भाईसर संक्रमण बिरुद्धको समन्वय समितीको आईतबार बसेको बैठकले प्रदेश राजधानी वीरेन्द्रनगरमा भित्रिने यात्रुहरुलाई ‘हेल्थ डेस्क’ मार्फत चेक जाँच गर्ने निर्णय गरेको हो ।

चेक जाँचका क्रम्मा यात्रूमा संक्रमणको आसंका गरिए क्वारेन्टाइनमा राखेर थप उपचार गरिने वीरेन्द्रनगरका कार्यभाग नगर उप-प्रमुख मोहनमाया ढकालले जानकारी दिईन । त्यस्तै प्रत्येक वडा स्वास्थ्य चौकिहरुमा बिहान ८ बजे देखी साँझ ६ बजे सम्मा खुल्लै राखेर सेवा दिईने कार्यभाग नगरप्रमुख ढकालको भनाई छ ।

बैठकले वडा स्वास्थय चौकि मार्फत वडामा कोरोना भाईरसको संक्रमण फैलिन नदिन जनचेतनामुलक अभियान सञ्चालन गर्ने, वडामा कुनैपनि नयाँ व्यक्ति आए तुरुन्त स्वास्थ्य परिक्षण गरिने कार्यभाग नगर उप-प्रमुख ढकालले बताइन् । त्यस्तै, बजारमा अभाव सिर्जना गरी कलोबजारी गर्नेलाई अनुगमन गरेर कडा कार्बाही गरिने भन्दै कार्यभाग नगर उप-प्रमुख ढकालले सोमबार देखीनै विशेष टिम निर्माण गरेर बजार अनुगमनलाई समेत तिब्रता दिईने बताईन । कोरोनाबारे सबैले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने भन्दै उहाँले नआतियर संयमता अपनाउन नगरबासीलाई आग्रह समेत गरिन ।

चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै सेवाहरू बन्द गर्ने सरकारको निर्णय बमोजिम अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरिएको उप-प्रमुख ढकालको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका थिए । अत्यावश्यक सेवाभित्र विमानस्थल, सञ्चार, (टेलिफोन), पेट्रोलियम, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य सेवा, आदि पर्दछन् ।

तपाईको प्रतिक्रिया