कोरोनाबारे अगुवा नै भ्रममा

सुर्खेत, १८ चैत ।

जुम्लाको चन्दननाथनगरपालिकास्थिततलिचौरका बासिन्दाले कोरोना भाइरसको संक्रमणबाट बच्नभन्दै पञ्चबलि नै दिए । गाउँमा कोरोनाको त्रास बढेपछि स्थानीयभगवती देवीको पूजापाठ गरेर स्थानीयले बलि चढाएका हुन् । गाउँमा कोरोनाको संक्रमण नफैलियोस् भन्दै स्थानीयहिजोआज देवीदेउताको पूजागरिरहेका छन् ।

कालिकोटको तिलागुफानगरपालिकामापनि स्थानीयले कोरोनाबाट बच्नभन्दै बलि चढाउन थालेका छन् । स्थानीयले आफ्नो कुल देउता मष्टोको पूजापाठ गर्दै बोका बलिदिएकाहुन् । स्थानीयकाअनुसार गाउँमा कोरोना भाइरस नभित्रियोस् भन्दै कुल देउतासँगभाकलगरिएको छ । स्थानीयजनप्रतिनिधिको अगुवाईमागाउँलेहरु भेलाहुने र पशु बलि चढाउने कामजारी छ । कोरोना भाइरसबारे जानकारी नहुँदा कर्णालीमा सर्वसाधारणहरु यसबाट जोगिनकालागिभन्दै कुल देउता र भगवानको पूजापाठ गर्न थालेका छन् । कतिपय स्थानीयतहमाजनप्रतिनिधिले नै कोरोनाबाट जोगिने भन्दै देवी देउताको भाकल र बलि चढाउन थालेका हुन् ।

न्दिरमातामझामसहित पूजापाठ र पशु बलिदिनेक्रम बढेपछि संंक्रमणको जोखिमथप बढेको हो । सरकारले भीडभाड कमगर्न लकडाउन गरे पनियहाँकागाउँमामानिसहरु भेलाहुने र पूजापाठ गर्नेक्रम रोकिएको छैन ।

नागरिकलाई सचेतना फैलाउने काममा स्थानीयतह नै असफल बनेका छन् । डोल्पामा एक नगरपालिकाले नै कोरोनाबाट बच्नभन्दै पूजापाठ गर्दै बलि चढाएको छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाकाजनप्रतिनिधिले स्थानीयत्रिपुरासुन्दरी भगवतीको मन्दिरमाबलि चढाउँदै कोरोनाबाट बचाइदिनहारगुहार गरेका हुन् । कर्णालीकाअधिकांश स्थानमा देवी देउताको मन्दिरमा पूजापाठ गर्ने र पशु बलीदिनेक्रम बढ्दो छ । कोरोनाभाइरसबारे स्थानीयअगुवा नै भ्रममाभएका कारण थपत्रास फैलिएको छ ।

गाउँमा सचेतना फैलाउने र रोकथामको जिम्मेवारी पाएकाजनप्रतिनिधि नै देउताको शरणमा पुगेपछि समस्याउत्पन्नभएको हो । कतिपयजनप्रतिनिधिले नै देउतालाई बलि चढाउँदा कोरोनाबाट बच्न सकिने तर्क गरिरहेका छन् । त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाले भने,‘देशमा जस्तोसुकै संकट आएपनि टर्छ, यहीविश्वासले हामीले पनिमन्दिरमाबलि चढाएका हौं ।’ जनप्रतिनिधिले नै देउताले बचाउने भनेपछि सर्वसाधारणलेसमेत त्यसलाई स्वीकार गरेका छन् । यहाँकाअधिकांश सर्वसाधारणलाई कोरोना भाइरसको बारेमाजानकारी नै छैन । स्थानीय र प्रदेश सरकारले पनियसलाई बुझाउन सकेका छैनन् ।

कोरोनाले ज्यान लिन्छ भन्ने मात्र सुनेका सर्वसाधारणलाई यसबाट जोगिनकालागिअपनाउनुपर्ने उपायबारे कसैले सचेत गराएका छैनन् । जसको परिणाम सर्वसाधारण देवी देउताको शरणमा पुग्नबाध्य छन् ।
कतिपय स्थानमाअहिले पनिपर्याप्तऔषधि र स्वास्थ्यकर्मी छैनन् । यसकारण पनि स्थानीयले अब कोरोनाको संक्रमणबाट देउताले मात्र बचाइदिन्छन् भन्ने भ्रम गढेको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाका स्थानीयबिर्खबहादुर बुढाले भने,‘गाउँमा स्वास्थ्यचौकी त छ, तर औषधि नै छैन । यस्तो अवस्थामा कसरी ज्यानजोगाउने ?

अब हामीलाई देउताले मात्रबचाउने आश छ ।’ कोरोनाकै त्रासले कर्णालीकाविभिन्नजिल्लामाहालसम्मदुई दर्जनभन्दा बढी पशु बलिदिइसकिएको छ । सर्वसाधारणले संक्रमणबाट जोगिन सावधानीअपनाउनुको साटो समूहमा भेलाभएर पूजागर्न छाडेका छैनन् । केहीवर्षअघि मात्रजाजरकोटमा फैलिएको झाडापखालाले महामारीको रुप लिएको थियो । स्थानीयले सावधानीनअपनाएर औषधिको साटो धामी र देउतामाविश्वास गर्दा उक्तमहामारीबाट दुईसय जनाभन्दा धेरैको ज्यानगएको थियो ।

अहिले पनि कर्णालीमाअवस्था जटिल हुने आशंकाचिकित्सकहरुले गरेका छन् । बेलैमा स्थानीयलाई सचेत नगराइएअवस्था सहजनहुने डाक्टरहरु बताउँछन् । कोरोनाको त्रासका कारण सर्वसाधारणहरु देउताको शरणमा पुगेपछि अब स्थानीयतहसँगमिलेर सचेतनामुलकअभियान संचालनगरिने प्रदेश सरकारका भूमिव्यवस्था, कृषितथा सहकारी मन्त्रीविमला केसीले बताइन् ।

्विपद् कोषमा साढे पाँचलाख सहयोग

कोरोना भाईरस (कोभिड–१९) रोकथामतथा नियन्त्रण कार्यका लागि कर्णालीप्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा साढे पाँचलाख रुपैंया जम्मागरिएको छ । कुमारी बैंक सुर्खेत शाखामा रहेको उक्त कोषको खातामाविभिन्न संघ संस्थाहरूले सहयोग रकम बराबरको चेक कर्णालीप्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिलातथाकानुनमन्त्री नरेश भण्डारी लगायतलाई हस्तान्तरण गरेका हुन् ।

सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतले दुईलाख, नेपाल मगर संघ जिल्ला समन्वय समिति सुर्खेतले दुईलाख, सिद्वार्थ संचार सहकारी संस्था सुर्खेतले ७५ हजार सहयोग गरेका छन् । त्यसैगरी लगनशीलमहिला लघु उद्यमी सहकारी संस्था लिमिटेड सुर्खेतले ५० हजार र सिद्वार्थ नेशनल कोअपरेटिभ सेकेण्डरी स्कुलले २५ हजार रकमप्रदेश सरकारको विपद् कोषमाजम्मा गरेका हुन् । विश्वव्यापी रुपमामानवजातिका विरुद्ध आईपरेको कोरोना संकट अन्त्यगर्न निजी क्षेत्रबाट भएको योगदानप्रतिमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले धन्यवादव्यक्त गरे ।

दुईजनाको रिपोर्ट नेगेटिभ

कोभिड १९ को आशंकामा दैलेखको आठबिस नगरपालिका राकमकर्णाली स्वास्थ्यचौकीमाभर्ना भएकादुई जनाको रिर्पोट नेगेटिभ आएको छ । भारतको महाराष्ट्रबाट आएका एकै घरका दुई जनालाई ज्वरो र रुघाखोकी आएपछि नगरपालिका ४ मा रहेको राकमकर्णालीमा स्वास्थ्यचौकीमाभर्ना भएकाथिए ।

भर्ना भएकादुई जनाको स्वाब संकलन गरी काठमाडौं पठाइएकोमादुवै जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्यकार्यालय दैलेखकाप्रमुखनिरञ्जन पन्तले जानकारी दिए। उनले भर्ना भएकादुवैलाई स्वास्थ्यचौकीबाट उपचार गराएर ज्वरो र रुघाखोकी सन्चो भएपछि आइतबार डिस्जार्च गरिएको बताए । यसैबीच कर्णालीबाट हालसम्म पठाइएको सबै १७ वटा नमुनाको रिर्पोट नेगेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

https://www.youtube.com/watch?v=cXJ3SK7hxkA

 

तपाईको प्रतिक्रिया