सुर्खेत, २४ बैशाख ।
कोरोना भाईरस (कोभिड–१९) को महामारीले प्रभावित बनेका भारत तथा विभिन्न देशमा रहेका नेपाली नागरिकको उद्दारका लागि पहल सुरु भएको छ । प्रतिनीधि सभा संसदहरुको सुझाव, दवावका आधारमा तत्काल उद्दार गर्न सरकारलाई निर्देशन दिइएको हो ।
व्यवस्थापिका संसाद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिले भारत तथा तेस्रोमुलकमा अलपत्र परेका नेपाल फर्किन चाहने नेपालीहरुको तत्काल उद्दार गर्न सरकारलाई निर्देशन दिएको छ । सुर्खेत लगायत कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट भारतमा रहेका नेपाली नागरिकहरुले उद्दारका लागि पहल गरिदिन दैनिक फोन, म्यासेन्जरबाट अनुरोध आइरहेको सुर्खेतबाट प्रतिनीधि सभा सदस्य धु्रव कुमार शाहीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘भारत लगायत विभिन्न मुलुकमा अलपत्र रहेका नेपाली नागरिकको तत्काल उद्दार गर्न संसदीय समितिलाई मैले विभिन्न सुझाव दिएको छु । हाम्रो सुझावका आधारमा सरकारलाई तत्काल उद्दार गर्न समितिले निर्देशन दिएको छ ।’
कर्णाली लगायत देशभरीबाट मजदुरी गर्न भारत पुगेका हजारौ नागरिकहरु अलपत्र अवस्थामा रहेको खबर आईरहेको बताउँदै सांसद शाहीले उनीहरुको राहत र उद्दारमा सरकारले तत्काल ध्यान पु¥याउनुपर्ने बताउनुभयो । ‘नेपाल फर्किन चाहने भारत तथा तेस्रो मुलुकमा रहेका नागरिकहरुलाई सुरक्षित उद्दार गरी स्वास्थ्यकर्मीको निगरानीमा, क्वारेन्टाइनमा राखेर उनीहरुको कोरोना परीक्षण गरी फकाउनु सरकारको दायित्व हो’ उहाँको भनाई छ । भारतमा रहेका नेपाली नागरिकहरु नियमित सम्पर्कमा रहेको र उद्दारको लागि आफ्नो तर्फबाट सम्बन्धित निकायहरुको ध्यानाकर्षण गरिरहेको सांसद शाहीले जानकारी दिनुभयो ।
युग संवाददाता । । २४ बैशाख २०७७, बुधबार २०:५१