सुर्खेत, ६ जेठ ।
कर्णाली प्रदेश सरकारका कारण कोरोना गाउँ पुगेको पुष्टि भएको छ । कर्णालीलाई ग्रीन जोन बनाई राख्ने बहानामा कर्णाली भित्रिने नागरिकलाई विना जाँच गाउँ पठाएका कारण दैलेखको आठबीस नगरपालिका वडा नं. १ सात्तालामा कोरोना देखिएको हो । ‘हामीलाई बबई नाकामा आउँदा कुनै पनि चेकजाँच गरिएन । बनबासामा महाकाली अस्पतालले रगत लिएको थियो । रिर्पोटको बारेमा केहि पनि जानकारी दिइएन । त्य िह आधारमा हो की के हो प्रदेश सरकारले हाम्रो कुनै पनि जाँच गरेन ।’ अहिले लक्ष्मी माध्यमिक विद्यालय सात्तालामा क्वारेन्टाईनमा बसिरहेका एक युवाले त्रसित बन्दै लोकान्तरसँग भने, ‘त्यति लामो समय हामी सँगै बसेका थियौं ।
कसमा कोरोना संक्रमण छ भन्ने पत्तै पाएनौं । कसेमा पनि केहि पनि लक्षण नै नदेखिँदा हामी कोरोना नभएकोमा ढुक्क थियौं ।’ उनले हरेक दिन क्वारेन्टाईनमा नाच्ने, गीत गाउने, विभिन्न खेलहरु खेल्ने, देउडा खेल्ने कामहरु गर्दै आइरहेको बताए । ‘कोरोना छैन भन्ने हामीलाई मात्रै होइन, नगर उपप्रमुख दिपा बोहोरा, स्वास्थ्यकर्मीहरु, वडा अध्यक्षलगायत सदस्यहरु सबै हामीसँग घुलमिल भएका थिए । उनीहरु घुलमिल हुादा हामी कोरोना नभएको भनेर ढुक्क भएका थियौं ।’ उनले भने, ‘प्रदेश सरकारले सुर्खेतमा नै चेकजाँच गरिदिएको भए हामीमा ढुक्क हुने वातावरण हुन्थ्यो । तर के गर्नु अब कति दिन क्वारेन्टाईनमा बस्नु पर्ने हो, हामीलाई पनि कोरोना सल्क्यो कि तनाव भइरहेको छ ।’
कर्णाली प्रदेश सरकारले बारम्बार बबई नाका, सल्यानको कपुरकोट नाका र सुर्खेतकै पश्चिम क्षेत्रमा पर्ने कुइने नाकाबाट कर्णाली आउने हरेक नागरिकलाई जाँच गरेर मात्रै गाउँपालिकामा पठाउने निर्णय गर्दै आइरहेको थियो । यतिसम्म कि प्रदेश सरकारले बबई वा छिन्चुमा परिक्षण केन्द्र बनाउने भनेर निर्णय समेत गरेको थियो । ‘प्रदेश सरकार निर्णय गर्न कहिल्यै चुकेन । सरकारले गरेका निर्णय एकातिर हुन्छन काम अर्कै हुन्छ ।’ वीरेन्द्रनगर ६ का विकास देवकोटाले भने, ‘प्रदेश सरकारका कारण नै कोरोना गाउँ गएको हो । खुलामञ्चमा क्वारेन्टाईन खाली राखेर स्थानीय तहमा भारतबाट आएका नागरिकहरुलाई गाउँ पठाउनु गलत हो भनेर हामीले बारम्बार भन्दै आएका थियौं । आज कोरोना वीरेन्द्रनगर नभइ दैलेखमा पुगेर पुष्टि भएको छ ।’ यो सरकारको चरम लापरवाही बाहेक अरु केहि नभएको उनको भनाई थियो ।
वीरेन्द्रनगरकै धर्म भण्डारीले पीसिआर जाँच नगरेर पठाएका कारण गाउामा कोरोना देखिएको बताए । ‘अब सबैले सरकारलाई पिसिआर जाँ विना गाउँ नपाठाउन दबाब दिनुपर्छ ।’ उनले भने, ‘नभए कर्णालीका विकट बस्तीमा कोरोना फैलिए राज्यको श्रोत साधन धेरै खर्च हुनेछ भने त्यसले कर्णालीमा भयावह स्थिति ल्याउने पक्का छ ।’
वीरेन्द्रनगरका पत्रकारिता गर्दै आइरहेका पत्रकार टेकेन्द्र विश्वकर्माले सरकारले सुझाव नसुनेका कारण यस्तो अवस्था आएको बताए । ‘हामीले कोरोना जाँच गरेर मात्रै गाउँ पठाउन भनेका थियौं । आफ्नाहरुलाई लगातार उद्धारका नाउँमा सरकारले गाउँ पठाइरह्यो ।’ उनले भने, ‘अझै पनि केहि विग्रेको छैन । कोरोना जाँच गरेर मात्रै सरकारले अब गाउँ पठाउनु पर्छ ।’
दैलेख जिल्लामा कोरोना देखिएपछि जनप्रतिनिधिमा पनि त्रास देखिएको छ । आठबीस नगरपालिकाका नगर प्रमुख खड्गराज उपाध्यायले प्रदेश सरकारले नाकामा नै जाँच गरेर पठाएको भए कोरोना गाउँमा नफैलिने बताए । ‘हामीसँग पर्याप्त जाँच सामाग्री छैनन् । प्रदेश सरकारले जथाभावी नागरिक गाउँ पठाई दिएका कारण हामीले हाम्रा नागरिक ल्याएका हौं ।’ उनले भने, ‘सरकारले सिमामा नै कोरोना जाँच गरेर मात्रै पालिकामा पठाउनु पर्छ भनेर हामीले बारम्बार कुरा उठाई रहेका छौं तर सुनुवाई कतैबाट भएको छैन ।’
दैलेख निर्वाचन क्षेत्र नम्बर दुइ बाट निर्वाचित सांसद राजबहादुर बुढा क्षेत्रीले प्रदेश सरकारले सिमानाका सील गरेर मात्रै कोरोना नियन्त्रण नहुने बताए । ‘कर्णालीका नागरिक कर्णाली भित्र्याउादा कम्तिमा सात दिन सुर्खेतमा बनाइएका क्वारेन्टाईनमा राख्नुपथ्र्यो ।’ लोकान्तरसँग कुरा गर्दै सांसद बुढाले भने, ‘उनीहरुको पीसिआर जाँच गरेर मात्रै पालिकामा पठाउनु पथ्र्यो त्यसले गर्दा कोरोना गाउँ जान पाउँथेन ।’ सरकारका प्रवक्ता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले यसबारेमा बुझ्न खोज्दा अहिले फोनमा कुरा गर्न नसकिने भन्दै म्यासेज पठाईन भने सामाजिक विकास मन्त्री दल रावलको फोन सम्पर्क हुन सकेन ।
याे पनि पढ्नुहाेस :
युग संवाददाता । । ६ जेष्ठ २०७७, मंगलवार १३:५१