कर्णालीमा थप २७ जनामा कोरोना संक्रमण

सुर्खेत, २६ असार ।

कर्णाली प्रदेशमा शुक्रवार २७ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी रोग अन्वेषण प्रगोगशालामा गरिएको परीक्षणबाट सुर्खेतका ४ जना, डोल्पाका १ जना र सल्यानका १ जनामा कोरोना पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणबाट सल्यानका ९ जना र जाजरकोटका २ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, दैलेख अस्पतालमा गरिएको परीक्षणबाट सर्खेतका ७ जना, बाजुराका १ जना र दैलेखका २ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्यसेवा महाशाखाले जनाएको छ । योसंगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८८ पुगेको छ ।

त्यस्तै, शुक्रवार कोरोना संक्रमणमुक्त भई २६ जना घर फर्किएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट २५ जना र दुल्लु अस्पताल दैलेखबाट १ जना कोरोना जितेर घर फर्किएका हुन् । योसंगै कोरोना संक्रमणमुक्र भई घर फर्किेनेको संख्या १ हजार ३ सय ४७ पुगेको छ । हालसम्म २ सय ३५ जना विरामीको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया