होमियोप्याथिक औषधी सहयोग

कालिकोट, २८ असार ।

कोपिला भ्यालि सेवा समाजका सचिव गोगन बहादुर मल्लले कालिकोटको खाडाचक्र नगरपालिकालाई होमियोप्याथिक औषधी उपलब्ध गराएका छन् । मल्लले कोभिड १९ प्रभावित नियन्त्रणमा गहन भुमिका निर्वाह गर्दै हाल मारवाडी सेवा समिति काठमाडौसंग समन्वय गरी २० हजार जना नागरिकका लागि पुग्ने होमियोप्याथिक औषधी नगरपालिकालाई उपलब्ध गराएका हुन् ।

उक्त औषधी अनेरास्ववियू कालिकोट जिल्ला कमिटि सदस्य खगेन्द्र मल्लले खाडाचक्र नगरपालिका स्वास्थ्य इन्चार्ज रबिन्द्र सेजुवाल लाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा खाडाचक्रका युवा दिपक विष्ट, युवा विद्यार्थी समीर अधिकारी, कबिराज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।


हस्तान्तरण गरिएको होमियोप्याथिक औषधी खाडाचक्र नगरपालिका का ११ वटै वडामा रहेका सम्पुर्ण नागरिक हरुलाइ पुग्नेगरि सहयोग आएको स्वास्थ्यकर्मी सेजुवालले बताए ।

तपाईको प्रतिक्रिया