सिपी कार्की
भेरीगंगा (छिन्चु), ९ भदौं ।
सुर्खेतको भेरीगंगा नगरपालिका–११ का दुई जना मृगौला पीडितलाई कतारबाट आर्थिक सहयोग संकलन गरी पठाइएको छ । एक जना बालक र एक जना महिलालाई कतारबाट उपचारको लागि आर्थिक सहयोग प्राप्त भएको हो । कतारमा रहेका भेरीगंगा–११ का बिकास धौलाकोटी, कालीकोटका दुर्ग परियार, सुमन परियार र कमल परियार लगायतको टिमले आर्थिक संकलन गरी भेरीगंगा न.पा ११ का १५ बर्षका अर्जुन बि.क र सोही वडाकै २१ बर्षकी गौरी बारघरेलाई आर्थिक सहयोग गरेका हुन ।
भेरीगंगा ११ सुन्दर टोल निवासी पुरण बिकका छोरा बर्ष १५ का अर्जुन बि.क साउन ७ गते आँप टिप्न गएको बेला अरिग्याल टोकाइबाट मृगौलामा समस्या देखिएको थियो । उक्त उपचारको लागि चितवन लग्दा मृगौलामा समस्या देखाई डाइलोसिस गर्नुपर्ने भएकाले आर्थिक समस्या देखिएको थियो । उपचारका लागी केही सहयोग होस भनि बालकको उपचारमा कतारबाट २० हजार आर्थिक सहयोग आएको छ ।
त्यस्तै भेरीगंगा–११ कै बिर्ख बहादुर बारघरेकी बुहारी बर्ष २१ की गौरी बारघरे ६ महिनादेखि मेरुदण्डमा घाउ भई उपचारको क्रममा आर्थिक अभाव भएकोले उनको उपचारको लागि कतारबाट २४ हजार ५ सय आर्थिक सहयोगा पठाइएको छ । उक्त रकम रकम भेरीगंगा ११ निवासी ज्ञानिमाया घौलाकोटिको सल्लाह अनुसार कतारमा रहेका उनका छोरा बिकास धौलाकोटी सङ्गै उनका साथी कालिकोटका कमल परियार, सुमन परियार र दुर्ग परियारको संयोजकत्वमा कतारमा रहेका नेपाली नेपाली दाजुभाइले पठाएका थिए । उक्त रकम शानिमाया धौलाकोटीबाट सोमबार दुबै बिरामीलाई हस्तान्तरण गरिएको छ ।
युग संवाददाता । । ९ भाद्र २०७७, मंगलवार १९:३९