काठमाण्डौ, २४ मंसिर ।
शेयर बजार परिसूचक नेप्से बुधबार झण्डै ४० अङ्कले घटेको छ । जलविद्युत् बाहेक अरु सबैजसो समूहको शेयर ओरालो लागेपछि नेप्से ३९ दशमलव ६ अङ्कले घटेर १९ सय ५५ दशमलव ७५ विन्दुमा पुगेको छ ।
बुधबार जीवन बीमा समूहको शेयर २ सय ७० अङ्कले, निर्जीवन बीमा कम्पनीको १ सय २५ अङ्कले, व्यापारको ९९, उत्पादनको ९८, होटलको ५९, अन्यको ४६ र बैंकिङ समूहको शेयर ३० अङ्कले घटेको छ । बुधबार दुई सय एक कम्पनीका एक करोड आठ लाख २१ हजार कित्ता शेयर चार अर्ब ७४ करोड ५६ लाख रुपैयाँमा किनबेच भए । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ४२ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधबार अरुण भ्याली हाइड्रो र हिमालय ऊर्जा विकास कम्पनीका लगानीकर्ताले पाँच प्रतिशतभन्दा धेरै गुमाएका छन् । तर समग्र बजार घटे पनि नारायणी विकास बैंक र साञ्जेन जलविद्युत् कम्पनीका लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् ।
युग संवाददाता । । २४ मंसिर २०७७, बुधबार १८:११