सुर्खेत, १६ फागुन ।
प्रेस युनियनको कर्णाली प्रदेशस्तरिय भेला शनिबार सुर्खेतमा सम्पन्न भएको छ । भेलाले आगामी पत्रकार महासंघमा र अकोरावको निर्वाचनमा प्रेस युनियनको प्रभावकारी उपस्थिति हुनुपर्ने औल्याएको छ । कर्णाली सबै जिल्लामा पत्रकारको नेतृत्व लिनका लागि प्रेस युनियनमा देखिएको आन्तरिक विवाद मिलाउनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए । उनिहरुले युनियन बलियो बनाउनका लागि
व्यक्तिगत स्वार्थ र गुटगत प्रवृत्ति त्याग्न आव्हान गरेका छन् । कार्यक्रमा प्रेस युनियनका सल्लाहकार एवं पूर्व महासचिव शिव लम्सालले संगठनको हितका लागि केही व्यक्तिहरुले गुटगत राजनीति र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने बताए । जिल्लाहरुलाई देखिएको विवादित अन्य पक्षले फाइदा लिएको भन्दै आगामी निर्वाचनमा प्रेस युनियन र प्रजातान्त्रिक पक्षधरहरुको पकड एक हुनुपर्ने बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले पत्रकार महासंघ र अकोरापमा प्रेस युनियको प्रभावकारी सहभागिताका लागि प्रेस युनियन एक हुनुको विकल्प नभएको बताए । प्रेस युनियनका केन्द्रीय सचिव खिला कार्कीले केही
व्यक्तिका स्वार्थका कारण जिल्ला तहमा विवाद सिर्जना गरएको बताए । प्रेस युनियन सुर्खेतको समन्वयमा भएको कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्यहरु राजेन्द्र कार्की, युवराज रेग्मी, खगेन्द्र भट्टराईले केही समूहले कर्णाली प्रदेशको भेला नेपालगन्जमा गर्न गरिएको प्रति आपत्ती जनाएका थिए ।
युग संवाददाता । । १६ फाल्गुन २०७७, आईतवार ०६:५३