कोरोना अतिप्रभावित देशलाई अमेरिकाले ६ करोड डोज भ्याक्सिन दिने

एजेन्सी । कोरोना महामारीसँग जुधिरहेका अतिप्रभावित मुलुकलाई अमेरिकाले ६ करोड डोज भ्याक्सिन दिने भएको छ । अक्स्फोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका निर्मित खोप उपलब्ध गराउन लागिएको ह्वाइट हाउसले जानकारी दिएको हो ।

खोप दिनुभन्दा पहिले अमेरिकाको औषधि नियामकले सुरक्षा समीक्षा गर्नेछ। यसमा ढुवानी लगायतका व्यवस्थापनका संवेदनशील पक्ष हेरिनेछ । त्यसपछि आउँदो महिनामा भ्याक्सिनको खेप पठाउने अमेरिकी सरकारले जनाएको छ ।

अमेरिकी सरकारले आफ्ना नागरिकलाई भने एस्ट्राजेनेका निर्मित खोप लगाउन स्वीकृति दिएको छैन। तर, निकै ठूलो परिमाणमा खोप खरिद गरेर राखेको छ । अन्य देशमा अभाव भइरहँदा भ्याक्सिन किनेर प्रयोग नै नगरी राखेको भन्दै अमेरिकाको आलोचना भइरहेको छ ।

गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले एस्ट्राजेनेकाको ४० लाख डोज भ्याक्सिन क्यानडा र मेक्सिकोलाई उपलब्ध गराउने बताएका थिए । यी दुवै देशले एस्ट्राजेनेका निर्मित खोप प्रयोग गर्न मञ्जुरी दिइसकेका छन् ।

तपाईको प्रतिक्रिया