राजधानीका अस्पतालले अक्सिजन छैन अब बिरामी भर्ना लिन्नम् भनेर सूचना जारी गरेजस्तै कर्नाली प्रदेश अस्पतालले नि विरामी भर्ना लिन्नम् भनेर सूचना जारी गरेछ । केहीदिन अघिमात्रै कर्नाली अस्पतालले आँफै अक्सिजन उत्पादन गर्ने भन्ने सम्चारसहित कर्नालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र काँग्रेस नेता जीवन शाहीको फोटो फेसबुकाँ आएछि कर्नालीको सरकाराँ काँग्रेस जोडिया हुँदा अस्पतालले अक्सिजन उत्पादन गर्ने सम्चार साँच्चै हो कि ?
अब मुख्यमन्त्री ले साँच्चिकै काम गर्छन कि त भन्याजस्तो नि लाथ्यो । तर अस्पताल सुपरिटेन्डेण्टको हस्ताक्षरित सूचना पढ्दा ओलीको केन्द्रीय सरकार जस्तै कर्नालीको सरकार पनि जनता जोगाउने नाटक र जनता मार्ने खेलाँ लाग्या आभाष हुन थाल्या छ । हुन त केन्द्र र कर्नाली दुबै ठाँउका सरकार कमिनिष्टकै हुन् ।
कमिनिष्टहरुको नारा नै विश्वका नागरिक एक हौँ भन्नेछ । कुनै एउटा देशका निश्चित नागरिक वा मजदुर हुँदैनन् । त्यसैले कुनै एक ठाँउका नागरिक मर्नुसँग उनहरुलाई सरोकार छैन । त्यै भएर कमिनिष्टहरुलाई मान्छे मरुन् की जन्मिउन त्योसँग मतलव छैन ।
उनीहरु त जिउँदा र काम गर्न सक्ने बेलासम्म मान्छेलाई काममा घोटाउने, नसक्दादिन धक्का मारेर फाल्दिने हुन् । त्यसैले सत्तासिन कमिनिष्टले गरेनन् वा गर्लान कि भनेर आश गर्ने कामै गर्नु बेकार छ । अक्सिजनको जुगाड गर्दै जनता बचाउन कर्नालीका युवाहरुले बेलैमा सक्रियता देखाएका छन् । जुन कुरा जग जाहेरै छ ।
त्यसैले अब हुनसक्छ भने युवा वा अन्य कुनै वैकल्पिक उपायले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसँग अक्सिजन प्राप्तिका लागि रिक्वेस्ट गर्नु पर्याे । जसका कारण नेपालगन्जबाट अक्सिजन ल्याएर कर्नालीबासीलाई बचाउन सकियोस् । कर्नालीका विपक्षी दलका नेता यामलाल कँडेलले भन्ने हो भने लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले ब्यवस्थापन गरिदिन सक्छन् ।
तर, त्यसका लागि विपक्षी दलका नेता यामलालजीले समस्यालाई सकारात्मक रुपमा लिएर काम गर्नुपर्छ । कर्नालीको सरकारको भरपर्दा मानिस लासमा परिणत हुन कत्तिबेर लाग्दैन । उहाँ हिजो त्यै सरकारको नेता हुँदा सरकारले काम गरेन भनेको हामीले सुनेकै हो भने हामीले शाही सरकारले काम गर्ला र जनता बचाउला भन्ने ठाउँ कतै छैन । लुम्बिनीसित अक्सिजन पनि माग्दै गर्ने र कर्नालीको प्रदेश अस्पतालको अक्सिजन उत्पादन गर्ने प्लान्ट पनि चलाउँदै गर्ने चासो सुर्खेतकै मानिसहरुले लिन जरुरी छ ।
अन्यथा मानिस अक्सिजनको अभावमा लासमा परिणत हुन कत्तिबेर लाग्ने छैन । राज्यमा बसेका नाताले त्यहाँ बस्ने जनताले (राज्य) सरकारप्रति सहयोगको अपेक्षा राख्नु स्वभाविक हो । तर अनेकन याचना गर्दा पनि सरकारले सुन्दैन र जनताप्रतिको आफ्नो जिम्मेवारी सम्झँदैन् भने सरकारलाई बारम्बार गुहार लगाउनु बालुवामा पानी खन्याउनु सरह हो । त्यसैले अब जनस्तरमा रहेका संघसंस्था वा सक्रिय समूहबाट पर्यत्न अघि बढाउन जरुरी छ ।
यही कुरालाई मध्यनजर गर्दै जनता बचाउने उपाएमा स्वतस्फूर्तरुपमा मानिस जोडिन सकियो भने बिरामीलाई पनि ठुलो ढाडस र सान्त्वना मिल्नेछ । यसका लागि हाम्रो सोच सकारात्मक र व्यवहार कार्यान्वयनमुखी हुन जरुरी छ । मुखले भन्न र भाषण गर्नमा त कर्नाली सरकारले के नै बाँकी राखेका ेछ र ? त्यसैले जनता जोगाउने हो भने भनेर हैन गरेर देखाम् ।
वेदर्षि
युग संवाददाता । । २ जेष्ठ २०७८, आईतवार १७:०७