आर्थिक अनुशासन कायम गरी बजेट कार्यान्वयनमा जोड् दिन्छु : आर्थिक मन्त्री शर्मा

सुर्खेत । आर्थिक मामिला तथा योजना मन्त्रीमा नवनियूक्त भएका मन्त्री गोपाल शर्माले पदवहाली गर्दै कर्णाली प्रदेश सरकारको काम कारवाहीमा आर्थिक अनुशासन कायम गरी बजेट कार्यान्वयनमा प्राथमिकता दिने बताएका छन् ।

उनले पदवहाली गर्दै कर्णालीका जनातहरुको जिउ जोगाउने काम पहिलो भएको बताएका छन् । मन्त्री शर्माले भने ‘कर्णालीको विकासका लागि उपलव्ध स्रोत–साधनको सदुपयोग गर्दै समुचित ढंगबाट बजेट बाँडफाट गर्न, कोरोना महामारी बढ्दै गएकाले अस्पताल निर्माण र त्यसका लागि आवश्यक सामग्री जुटाउन र जनशक्ति व्यवस्थापनमा ध्यान दिने, कर्णालीको आवश्यक्ता र विशिष्टतालाई ध्यान दिएर बजेट निर्माण र कार्यान्वयन गर्ने छु ।’

साथै मन्त्रीले भौतिक पूर्वाधार निर्माण र मानवीय विकास विकासलाई सँगसँगै लगिने, आगामी वर्षको बजेट कार्यान्वयन हुने गरी विनियोजन गर्ने र कार्यान्वयनलाई पहिलो प्राथमिकताका साथै कर्णालीको सबै क्षेत्र, समुदाय र भूगोल समेटिने बताए ।

 

तपाईको प्रतिक्रिया