किसानको जीवनस्तर उकास्ने योजनाकार
अध्यक्ष, जनअपेक्षा कृषि सहकारी संस्था, सुर्खेत
मेहेनती र संघर्ष गर्ने व्यक्ति प्रायः असफल हुँदैनन् । आफ्नो लक्ष्य लिएर हिँडेको व्यक्तिले समाजमा प्रतिष्ठा कमाउन धेरै समय पनि लाग्दैन । जीवनमा सबै सपना पूरा हुँदैनन् । तर अधुरा रहेका सपनाहरु छाडेर जसले मेहनत गर्छ, उसले सफलता प्राप्त गर्दछ । यस्तै मध्यका एक हुन् नरेन्द्रबहादुर खत्री । सामान्य परिवारमा जन्मिएका उनले आर्थिक अवस्थाकै कारण आफ्नो पढाइ पुरा गर्न पाएनन् । तर निरन्तरको मेहेनत र संघर्षपछि अहिले उनी आफूमात्र होइन, गाउँका १५ सयभन्दा धेरै किसानको हितमा काम गरिरहेका छन् । आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले सुर्खेतको लेकवेशीमा रहेको जनअपेक्षा कृषि सहकारी संस्थाका अध्यक्ष उनै खत्रीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
हलो र जुवा बनाउँथ
बुवा जगतबहादुर खत्री र आमा पदमकुमारी खत्रीको कोखबाट २०३२ साल कात्तिक १९ गते सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर १६ गर्पनमा नरेन्द्र खत्रीको जन्म भयो । उनी घरको एक्लो छोरा हुन् । उनका एक जना दिदी छन् । उनको बाल्यकाल सामान्य खालको थियो । उनका बुवाले कृषि कर्म गर्दथे । उनको घरमा खान र लाउनसमेत अभाव हुन्थ्यो । सामान्य परिवारमा जन्मिएका उनले सानैदेखि पढाइप्रति भने चासो राख्ने गर्थे । उनले सानो कक्षा गाउँमै पढे । पाँच कक्षासम्म आदर्श मावि मेहेलीमा पढेका उनको पढाइ राम्रै थियो । ६ कक्षादेखि ८ कक्षा खाँडदेवी मावि चौरासेमा पढेका उनी सधैं कक्षामा प्रथम हुन्थे । उनका साथी र गुरुहरुले उनलाई सिर्जनशिल व्यक्ती भनेर तारिफ गर्थे । उनले जोत्न प्रयोग हुने हलोजुवा पनि अरुभन्दा फरक ढङ्गले बनाउँथे । जिज्ञासु र सिर्जनशिल स्वभावका उनी पुरातनवादी सोचको सानैदेखि विरोध गर्थे । जुनसुकै कुरा पनि सिर्जनशिलतामा हुनुपर्छ भन्ने ठान्थे । उनी बिवाहपछि भने लेकवेशीमा बस्न थालेका छन् ।
बिचमै रोकियो पढाइ
उनको घरको आर्थिक अवस्था निकै कमजोर थियो । कक्षामा सधंै प्रथम भए पनि उनले ८ कक्षादेखि पढाइ छोड्नुपर्यो । आर्थिक अभावका कारण पढाइ रोकेका उनले पढेर जागिर खाने सोच बनाएका थिए । पढेर जागिर खाने उनको लक्ष्य अधुरै रह्यो । अनि पढाइ छोडेपछि उनको सानै उमेरमा घरपरिवारले बिवाह गरिदिए । उनीमाथी अझै धेरै जिम्मेवारी थपियो । उनले पढाइलाई रोकेर कृषि कर्म राजे । उनले घरको सबै काम गरेर जीवन चलाउन थाले । उनले कृषि क्षेत्रबाट राम्रो अनुभव प्राप्त गरे । तर पुरानो प्रविधि र बजार अभावका कारण उनले भनेजति आम्दानी लिन सकेनन् ।
जनसेनामा काम गर्दा…
उनले ८ कक्षा पास गरेर पढाइ रोकिएपछि लामो समयपछि केही अग्रजहरुको आग्रह र सहयोगमा उनले विद्युततर्फको सवओभरसियर पढाइ गरे । धेरैपछि पढ्न पाउँदा उनी खुशी थिए । तर उनको काँधमा धेरै जिम्मेवारी पनि थियो । सिटीइभिटीबाट लिइएको परीक्षामा उनि उतिर्ण भए । अनि उनी विद्युतको काममा लागे । पहिलेकोभन्दा घरको आर्थिक अवस्था सुधार हुँदै गएको थियो । २०५६ सालमा माओदीको द्वन्द्व चलिरहेको थियो । उनले त्यही द्वन्द्वका कारण आफ्नो काम छोड् नुपर्यो । त्यसपछि उनी माओवादीको सेना भएर विद्रोही पक्षसँग लागे । जनमुक्ती सेना हुँदा उनले धेरै शिक्षा हासिल गरे । उनले त्यहाँ पनि धेरै दुख गरेका हुन् । उनले निम्न वर्गको अवस्था त्यही तत्कालिन जनमुक्ति सेनामा काम गर्दा थाहा पाए । शान्ति पक्रियापछि उनी सेना समायोजनको बेला अवकाश भएर घर फर्किए । उनले अब समाजका लागि केही गर्नुपर्छ भनेर लाग्ने सोच बनाए ।
हसहकारीमार्फत किसानको पक्षमा काम
उनी घरमा फर्किएपछि सामान्य किसानहरुको पीडा बुझेका थिए। उनीहरुको जीवनस्तर उकास्ने संकल्प गरे । अन्य गाउँका जानकार व्यक्तिहरुसँग छलफल चलाए । सहकारी संचालन गर्ने प्रस्ताव गरे । उनको कुरामा साथीहरु पनि सहमत भए । २०७० सालमा जनअपेक्षा कृषि सहकारी संस्था दर्ता गरे । ४० जना सदस्यबाट शुरु गरेको सहकारीमा उनी तदर्थ समितिमा बसेर काम गरे । उनी अहिले सहकारीको अध्यक्ष भएर काम गरिरहेका छन् । दुरदराजमा रहेका कृषकहरुको आर्थिक अवस्था उकास्ने लक्ष्यका साथ शुरु गरिएको सहकारीको उनी विगत ८ बर्षदेखि अध्यक्ष भएर काम गरिरहेका छन् । अहिले उनको यो सहकारीमा करिब १६ सय जना शेयर सदस्य छन् भने १२ करोडभन्दा माथीको कारोबार भइसकेको छ । सहकारीमार्फत कृषकलाई संगठित बनाएर विभिन्न व्यवसायमा लगाएका छन् । भैसीपालन समुह रहेको छ भने धेरै किसानले भैसीपालनदेखि विभिन्न कृषि व्यवसाय गरेका छन् । कृषिबाट उत्पादित वस्तुहरुको बजारिकरण र कृषकलाई चाहिने बीउबिजन पनि अहिले सहकारीले उपलब्ध गराइदिन्छ । एक हेक्टर जमिनमा सहकारीमार्फत नै अहिले कफी लगइएको छ । यसको विस्तार गर्ने योजना बनाइएको छ भने वीरेन्द्रनगरमा दुध विक्रिकेन्द्र पनि संचालन गरिएको छ । उनले समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्न अहिले सफल भएका छन् ।
राजनीतिमा पनि सक्रिय
खत्री राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । सानैदेखि पुरातनवादी सोचको विरोध गर्ने उनी सिर्जनशिलतामा जोड दिन्थे । गरिव किसानको हकहित भएन भनेर उनले लामो समय विद्रोही सेना भएर पनि काम गरे । त्यहाँबाट पनि उनले धेरै राजनीतिक प्रशिक्षण पाएका थिए । उनी अहिले नेपाली काँग्रेसमा सक्रिय छन् । मेहेनती र संघर्ष गर्ने व्यक्ति प्रायः असफल हुँदैनन् । आफ्नो लक्ष्य लिएर हिँडेको व्यक्तिले समाजमा प्रतिष्ठा कमाउन धेरै समय पनि लाग्दैन । जीवनमा सबै सपना पूरा हुँदैनन् । तर अधुरा रहेका सपनाहरु छाडेर जसले मेहनत गर्छ, उसले सफलता प्राप्त गर्दछ । यस्तै मध्यका एक हुन् नरेन्द्रबहादुर खत्री । सामान्य परिवारमा जन्मिएका उनले आर्थिक अवस्थाकै कारण आफ्नो पढाइ पुरा गर्न पाएनन् । तर निरन्तरको मेहेनत र संघर्षपछि अहिले उनी आफूमात्र होइन, गाउँका १५ सयभन्दा धेरै किसानको हितमा काम गरिरहेका छन् । आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले सुर्खेतको लेकवेशीमा रहेको जनअपेक्षा कृषि सहकारी संस्थाका अध्यक्ष उनै खत्रीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश : नरेन्द्रबहादुर खत्री अध्यक्ष, जनअपेक्षा कृषि सहकारी संस्था, सुर्खेत उनी काँग्रेसको जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छन् । उनले गाउँमा पनि सत्यको पक्षमा र जनताको हितमा जुनसुकै काम हुनुपर्छ भनेर वकालत अहिले पनि गर्छन् ।
जीवनमा संघर्ष
सानैदेखि संघर्ष गर्दै आएका उनले जुनसुकै काम गर्दा पनि धेरै मेहेनत गर्थे । सबै क्षेत्रमा काम गर्दा उनले धेरै संघर्ष गरे । घरपरिवारको आर्थिक अवस्था कमजोर हुँदा माओवादी सेना भएर काम गर्दा पनि धेरै दुख गर्नुपर्यो । उनले कहिले एक छाक खाना मात्र खाएर काम गर्थे । घरपरिवारको जिम्मेवारी पुरा गर्नुपर्ने अर्कोतिर थियो । माओवादी भनेर राज्य पक्षबाट परिवारलाई समेत यातना दिइन्थ्यो । तर उनले चुनौतीको सामना गर्नुपर्छ भनेर लागे । समस्याबाट नभाग्ने उनी संघर्षकै कारण हाल सामाजिक काममा नेतृत्वदायी भुमिका निर्वाह गर्न सकेका छन् । उनी जीवनलाई सहज बनाउन चुनौतीको सामना गर्न सक्नुपर्ने बताउछन् ।
अबको योजना
समुदायमा रहेका निम्नवर्ग र गरिब किसानलाई आत्मनिर्भर बनाउने उनको योजना छ । उनी पनि किसानको छोरो भएको हुँदा कृषकका समस्या सबै बुझेको र ती समस्या अरुलाई आउन नदिने अठोटका साथ लागेका छन् । राजनीतिमा समेत सक्रिय भएको हुँदा समाज रुपान्तरणका लागि नीति निर्माणमा काम गर्ने उनको योजना छ ।




