सहकारी विपन्न नागरिकको सारथी हो
प्रेम डिसी : प्रवन्धक निर्देशक/गुर्भाकोट कृषि सहकारी संस्था लि, सुर्खेत
संघर्ष नगरी सफलता मिल्दैन । जसले दुख र मेहनत गर्छन्, उनीहरु नै समाजका सफल व्यक्ती बन्छन् । यस्तै मध्यका एक हुन सुर्खेत गुर्भाकोट नगरपालिका वडा नम्बर ८ मा रहेको गुर्भाकोट कृषि सहकारी संस्था लिमिटेडका प्रवन्धक निर्देशक प्रेम डिसी ।
आर्थिक अवस्था कमजोर भएपछि दुःखकष्ट गर्दै पढे । घरको जिम्मेवारी बढ्दैजाँदा विदेश गएर विदेशिनु परयो। तर हिम्मत हारेनन्, सघर्षलाई अवशरमा बदल्दै सहकारीको बाटोमा लागे । अहिले आफ्नै गाउँमा सहकारी मार्फत सेवा गरिरहेका छन् । प्रस्तुत छ, उनी डिसीको जीवन भोगाइमा केन्द्रीत रहेर सहकर्मी टेकराज केसीले कुराकानी गरेको सम्पादित अंश :
सुखद् बाल्यकाल
बुवा तुलसीराम डाङ्गी र आमा धनसरा डाङ्गीको कोखबाट २०५० फागुन २४ गते सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ६ निमारेमा प्रेम विसीको जन्म भयो । उनका दुई दाजुभाई र चार दिदी बहिनी छन् ।
राजनीति सक्रिय उनका बुवा २०४९ सालको गाविस अध्यक्ष भएका थिए । यद्यपी परिवार कृषि पेशामा आत्मनिर्भर थियो । मध्यम परिवारमा हुर्किएका उनले गाउँमा बाल्यकाल विताए । सोत्तरखोली विद्यालयमा ८ कक्षासम्म पढे ।
नमूना माध्यमिक बडाखोलीमा १० कक्षासम्म पढे । त्यहीबाट २०६७ सालमा एसएलसी पास गरे । कान्छो छोरा भएकै कारण सहज ढङ्गले पढ्न पाए । परिवारमा पनि प्यारो बने ।
आर्थिक अभावले पढाइ छोडे
पढाईमा प्रेमको ठूलो लगाव थियो । सधै कक्षामा राम्रै अंक ल्याउने उनले उच्च शिक्षा भने सहज रुपमा पढ्न पाएनन् । २०६७ सालमा एसएलसीमा राम्रो अंक ल्याएका उनी विद्यालयबाट पुरस्कृत भए ।
एसएलसीमा राम्रो अंक ल्याएका उनले आइएसी पढ्ने योजना थियो । तर घरको आर्थिक अभावकै कारण उनी रोजगारीका लागि भारत जानुपर्यो । भारतमा पुगेर केही समय मजदुरी गरे । उ बेला २० हजार रकम कमाएर फर्किए ।
त्यही पैसा लिएर उच्च शिक्षा पढ्न नेपालगञ्ज गए । मंगलप्रसाद उच्च माध्यमिक विद्यालयमा यानेजमेन्ट पढे । तर केही महिनामै खर्च सकियो । आर्थिक अभावले खानासमेत समस्या भयो । त्यसपछि एनसेलसीम कार्ड बेच्ने काम गरेर पढाई खर्च जुटाए । २०६९ सालमा प्लसटु पास गरे ।
त्यसपछि सहकारीमा लागे
प्लसटुमा राम्रै अंक ल्याएका डिसीले फेरि पनि पढ्ने सोच बनाएर वीवीएस पढ्न थाले । एक दिन बाँकेकै नमस्ते बचत तथा ऋण सहकारीमा बजार प्रतिनिधि खुलेको थाहा पाए ।
सहकारीको बजार प्रतिनिधिमा छनौट भएर उनले काम थाले । दिनभर काम गर्ने र बिहान क्याम्पस जाने गरे । सहकारीमा राम्रो मेहेनत देखेपछि अर्को सहकारीमा उनलाई म्यानेजमेन्ट (व्यवस्थापन) हेर्नेगरी बोलाइयो । बाँकेमै बसेर म्यानेजर भएर काम गरेको काँधमा घरको जिम्मेवारी समेत थपिएको थियो ।
बैदेशिक रोजगार…
स्नातक सकेका बैदेशिक रोजगारीमा निस्कीए । दुबैमा सेल्स मेनको रुपमा दुई बर्ष काम गरे । नेपालमै केही गर्नुपर्छ भन्ने फर्किएका उनी फेरी सहकारीमै जोडिए । चितवनको सहकारीमा फेरी म्यानेजर भएर काम गरे ।
केही समयपछि गाउँमा आफ्नै सहकारी सञ्चालन गर्न तम्सिए । गएको साउनदेखि गुर्भाकोट कृषि सहकारी संस्था सञ्चालन गरेका छन् । छोटो समयमा सहकारीमा एक हजारभन्दा धेरै सदस्य भएका छन् ।
सहकारीको संस्थापक उनी अहिले सहकारीको प्रवन्धक निर्देशकका रुपमा कार्यरत छन् । सहकारीबाट १० जनाले प्रत्येक्ष रोजगारी दिएका छन् ।
संघर्षमय जीवन
सानोमा त्यती संघर्ष नगरेका उनले १५ बर्षदेखि भने धेरै दुःख गर्नुपर्यो । तत्कालीन बिद्रोहका कारण उनको घरपरिवारले धेरै पिडा सहनुप¥यो । सघर्षलाई अवसरमा बदल्दै सहकारीको बाटोमा लागे ।
गाउँका धेरै नागरिकलाई आत्मनिर्भरता बनाउने उनको योजना छ । सहकारी मार्फत विपन्न वर्गका नागरिकलाई कृषि र पशुपालनमा लगाएर आत्मनिर्भर बनाउने योजना छ ।




