सुवाशचन्द्र रावल : प्रमुख प्रशासकीय अधिकृत/मुगूम कार्मारोङ गाउँपालिका, मुग
जो कोहीले पनि जीवनमा अपग्रेड (स्तरबृद्धि) हुन चाहन्छ । एउटै पद र पेशामा प्राय कसैलाई मन पर्दैन । तर अधिकांश व्यक्तिहरु चाहेर पनि पेशा बदल्न सक्दैनन् । क्षमता हुनेहरु भने जो पेशामा मन प¥यो त्यही पेशामा जान सक्छन् भन्ने एउटा उदाहरण हुन् सुवाशचन्द्र रावल ।
उच्च शिक्षाको अध्ययन सकेपछि उनी केही बर्ष गैरसरकारी संस्थामा आबद्ध भए । त्यसपछि केही बर्ष स्थायी शिक्षक भएर सेवा गरे । स्थायी भए पनि शिक्षण पेशामा लामो समय टिक्न सकेनन् ।
करिव पाँच बर्षपछि शिक्षण पेशा छोडेर निजामति सेवामा प्रवेश गरे । प्रस्तुत छ, उनी सुवाशको जीवनभोगाई र निजामतिको अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश :
बाल्यकाल
बुवा दीर्घ र आमा नानी रावलका जेठा छोरा हुन् सुवाश । २०४७ पुस १८ गते छायानाथ नगरपालिका–४ राम्बाडाका उनको जन्म भएको हो । गाउँमै साथीभाइसँग हाँस्दै खेल्दै बाल्यकाल वित्यो ।
पेशाले बुवा शिक्षक थिए । आमा घरधन्दा धानेकी थिइन् । स्कूल विदाहुँदा घरको काममा सघाउँथे । तर अभाव र दुखहरु भोग्नु परेन । दुर्गमा जन्मिए पनि बाल्यकाल सुखद रह्यो । आर्थिक रुपमा सम्पन्नशाली नभए पनि अभावहरु थिएन् ।
पढाईमा अबल्ल
सुवाश अध्ययनमा सानैदेखि अब्बल थिए। उनले गाउँकै नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भारेकोटबाट औपचारिक पढाई सुरु गरे । त्यहाँ कखरादेखि कक्षा–५ सम्मको अध्ययन गरे । कक्षा–६ देखि १२ सम्मको पढाई महाकाली उच्च माध्यमिक विद्यालयबाट पुरा गरे ।
त्यसपछि उच्च शिक्षा पढ्न सुर्खेत झरे । तत्कालीन सुर्खेत क्याम्पस सुर्खेतबाट स्नातक गरे । स्नातकोत्तर गर्न काठमाडौं पुगे । त्रिभूवन विश्वविद्यालय कृतिपुरबाट स्नातकोत्तर गरेका छन् । २०६१ सालमा एसएलसी पास गरेका उनी माध्यमिक तहसम्म संधै प्रथम हुन्थे ।
पढाईमा सानैदेखि निकै मेहनती थिए । जसका कारण पढाईमा कहिलै असफलता भोग्नु परेन् । बढाई बाहेक उनी माध्यमिक तहमा हुँदा चित्रकला र हाँजिरी जवाफ प्रतियोगितामा सहभागी हुन्थे । कुनै प्रतियोगितामा प्रथम त कुनैमा सान्त्वना स्थान ल्याउँथे ।
पढाई पुरा भएपछि मात्रै जागिर
सुवाश यस्ता भाग्यमानी व्यक्ति हुन् जसले दुर्गमा जन्मिए पनि पढ् नको लागि निकै राम्रो वातावरण पाए । खकरादेखि उच्च शिक्षा हाँसिल गर्दासम्म कुनै अप्ठेरा क्षणहरु आएनन् । न आर्थिक अभाव भयो न पारिवारिक समस्या । पढ्नका लागि राम्रो वातावरण पाए ।
बुवा नै शिक्षक भएका कारण सुवाशलाई पनि सानैदेखि पढाईको महत्व बुझाए । गणितका जोड्घटाउदेखि व्यवहारिक शिक्षाको महत्व सिकाए । सुवाशले पनि सानैदेखि पढाईमा उस्तै मेहनत गरे । संधै कक्षा प्रथम भएर बुवाको इज्जत र प्रतिष्ठालाई बढाई दिए । पढाई पुरा भएपछि अर्थात २०६८ सालमा गाउँ फर्किए ।
केही समय एउटा गैरसरकारी संस्थामा कार्यक्रम संयोजक भएर काम गरे । केही समयपछि स्थायी जागिरको खोजी गरे । बुवाले गरेकै पेशामा स्थायीत्व खोजे । २०७१ सालमा निम्न माध्यमिक तहमा स्थायी शिक्षक बने । करिव पाँच बर्ष शिक्षण पेशा गरे ।
त्यसपछि निजामति क्षेत्रलाई जीवनको गन्तव्य बनाए । पढाईमा अब्बल उनले २०७५ सालमा शाखा अधिकृतमा लोकसेवा आयोग पास गरे । सुरुवातमा शिक्षा तथा मानव संशोधन विकास केन्द्र सुर्खेतमा काम गरे । करिव पाँच महिनापछि कर्मचारी समायोजना भयो ।
समायोजनापछि मुगुम कार्मारोङ गाउँपालिकालाई कर्मथलो बनाए । हाल उनले गाउँपालिकाको प्रशासकीय नेतृत्व गर्दै आएका छन् । सरल र मिलनसार स्वभावका उनी शिक्षकभन्दा भन्दा निजामतिमा धेरै अवसरहरु देखेर यो पेशामा आएका हुन् ।
‘हरेक व्यक्ति सुवाशचन्द्र रावल प्रमुख प्रशासकीय अधिकृत/मुगूम कार्मारोङ गाउँपालिका, मुगु अबसरको खोजीमा हुन्छ’ उनी भन्छन्, ‘शिक्षकभन्दा धेरै अवसर देखेर निजामतिमा पेशा रोजेको हुँ ।’
शिक्षकहुँदा खुशी…
सुवाशले जीवनभर शिक्षण पेशामा रमाउन सकेनन् । तर स्थायी शिक्षक भएको क्षण भने जीवनमा सबैभन्दा धेरै खुशी भएका थिए । ‘स्थायी शिक्षक भएको दिन जीवनमा सबैभन्दा धेरै खुशी भएको थिएँ’ उनी भन्छन्, ‘तर राम्रो अवसर नभएपछि निजामति क्षेत्रमा आएँ ।’
शिक्षक हुँदा निकै खुशी भएका उनी दुखलाई जिम्मेवारीकै रुपमा लिन्छन् । दिनभर कार्यालयमा व्यस्त हुँदा हुने थकानलाई दुःख ठान्दैनन् । शिक्षण पेशा छोडेर निजामतिमा आएका उनी निजामति क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्ने बताउँछन् ।
‘कुनै न कुनै हिसावले निजामति क्षेत्र राजनीतिक हस्तक्षेप छ’ उनी भन्छन्, ‘निजामतिलाई निजामतिकै रुपमा छोड्नुपर्छ, राजनीतिक हस्तक्षेप हुनुहुँदैन ।’
निजामति र राजनीतिक फरक क्षेत्रभएको भन्दै उनले निजामति क्षेत्र राजनीतिक छाँयाबाट मुक्त हुनुपर्ने बताउँछन् । राजनीतिक हस्तक्षेप भएमात्रै निजामति क्षेत्र अब्बल बन्ने उनको तर्क छ ।
युग संवाददाता । । १५ बैशाख २०७९, बिहीबार १२:४३