चौकिदारीदेखी उधोगपतिसम्म
लेखक/सकलक : पृथ्वि बहादुर सिह
म.वि.स. २०२० वैसाख १९ गते तत्कालीन वजेडीचौर गाउ“ पंचायत वाड न.७ वजेडीचौर गाउ“मा जन्मीए । अहिले सिम्ता गा.पा.वार्डन.४ वजेडीचौर सुर्खेत भएको छ । वुवा दुर्ग वहादुर खत्री आमा झुपा कुमारी खत्रीका ५ भाई एक वहिनी मध्य कान्छो छोरा हु म डिल वहादुर खत्री ।
प्राथामिक शिक्षा श्री ने.रा प्रा वजेडीचौरवाट लिएर सोहि स्थानमा रहेको श्री भानु मा.वि वजेडीचौरवाट २०३४ साल मा क।।िअ परिक्षा दिएर अनुतिर्ण हुन पुगेको थिए । त्यस पछी अध्यन आफनो आर्थिक कारणले वढाउन नसकी सिम्ताली युवाहरु प्राय : भारतको गुजरात प्रान्तका विभिन्न उधोगहरुमा विभिन्न रोजगारी गर्न जाने भएकोले सिम्ताली युवाहरु सगै म पनी २०४० सालमा गुजरातको जामनगर पुगेर तिन महिना चपरासी नोकरी गरी सुपरभाईजर वन्न पुगेका थिए ।
एकवर्ष पितल कारखानामा सुपरभाइजरको नोकरी गरेपछी पितलको व्रास पार्ट वनाउने आफनो कारखाना खोली वसे । २०४२ सालमा गुजरातवाट घरआएर मामा कि छोरी कुन्तादेवी खत्री संग मागी विवाह गरेको थिए । त्यसपछी पुन गुजरात फर्केर जामनगर नै १७ वर्ष सम्म त्यही कारखाना खोली व्यवसाय गरे ।
त्यही एकता फाउण्डरी को तर्फवाट फेन्ट्री अनर्स एसोसीयन को वोर्ड सदस्य पनि निर्वाचित भएको थिए । ११ वर्ष सम्म नेपाली सेवा समाज जामनगर जिल्ला सचिव भएर १० वर्ष सम्म नेपाली समुदायको सेवा समेत गर्न पुगे पा“च वर्ष नेपाली प्रर्वासी संगठन जि.अध्यक्ष पनि भएर सेवा गरेको थिए । यता नेपालमा २०५२ । साल पछि माओवादी शसस्त्र दुन्द चलिरहेको थियो । पहाडका गाउ“हरुवाट देशका विभिन्न भुभागका वजार सदरमुकाम वस्ती सर्ने क्रम चलिरहेको थियो ।
भारतिय भुमिमा भाडामा श्रम वगाउँदा व्यवसायी गर्दा नेपाली वहादुर भनि श्रम लुटन पल्केका भारतियहरुले हेप्ने गर्दा आफै देशमा गएर कुनंै व्यवशाय गरेर वस्न पाए हुन्थ्यो भन्ने मन उडिरहयो । आखिर आफनो देश भनेको स्वर्ग नै हो भन्ने ठाने । त्यहाँको कमाईले २०५४ सालमा वि.न.पा ९ लाटीकोईली सुर्खेतमा १२ कठ्ठा जमिन खरिद गरे । त्यही जमिन माथी वनेको कच्ची घर समेत किने ।
त्यहीमा खेती गर्दै छोराछोरी पढाउँदै गर्दा २०६४ सालमा विरेन्द्रनगर ६ लालीगुराँस फनिचर उधोग संनचालनगर्न पुगे । फर्निचर व्यवशाही सघं सुर्खेतको संस्थापक कोषाध्यक्ष भएर ६ वर्ष सेवागर्न मौका मिल्यो । दुइ कार्यकाल घरेलु तथा साना उधोग संचालन गर्न पुगे । फर्निचर व्यवशाही सघं सर्खेतको व्यवस्थापक कोशाध्यक्ष भएर भएर ६ वर्ष सेव ागर्न मौका मिल्यो । २ कार्यकाल घरेलु महासंघ सुर्खेतको जिल्ला सदस्य वन्न पुगेको थिए ।
हाल सिम्ता गाउँपालिका नेपाल घरेलु तथा साना उधोग महासघं अध्यक्ष पनि वन्न गएको छु। प्रा.वि स्थरमा १० वर्ष उमेरमा पढन जा“दा गुरु पृथ्वी वहादुर सिह र लक्ष वहादुर सिहं मा.वि मा.प्र.अ.नहकुल वस्नेत को सधै देश सेवा र श्रम विवेक चलाउन सके हामी नेपाली पनि उधोगपति सवल राजनितीज्ञय हुन सक्छौ भन्ने उपदेशले आज म यो स्थानमा पुग्न सकेको सम्झना सधै मेरा मन मस्तिकमा झस्काई रहन्छ ।
म नेपाली युवायुवतीलाई श्रम शिप विवेक लगनशिल भएर स्वदेशमा लगाएर पनि प्रकृतिक को अपार संम्वदा उपयोग गरी आत्मनिर्भर आत्मा गौरवले वाँच्न सकिन्छ भन्ने सन्देश दिदै मानिसले लगनशिल भएर लागे चौकिदारवाट उधोगपति सम्म हुन सक्दोरहेछ भन्ने मेरो जिवन भोगाईमा उभिएको सन्देश दिन गएको छु।
उधोग चलाउदै अहिले पत्रकारिताको को लागी अगाडी वढेर सगरमाथा टोलिभिजन को जिल्ला रिपोटर स्काइन्युज दैनिक पत्रिकाको प्रन्धकको रुपमा अगाडी वढिरहेको छु । विभिन्न सघं संस्था द्धारा पनि सम्मानित हुन पुगेको छु । १ छोरा २ छोरी मध्य छोरा व्याचलर पढेर लोकसेवा तयारीमा छ कान्छी छोरी H.A. पढेर आयोगको तयारी छ ।





