महिलालाई आत्मनिर्भर बनाउन नेतृत्व गरिरहेकी भावना

भावना गहतराज/अध्यक्ष, सिर्जना महिला साना किसान सहकारी गुर्भाकोट, सुर्खेत

जीवनमा सफलता सबैले अपेक्षा गर्दछन् । तर जसले धैर्यतासँगै मेहनत गर्दछन्, उनीहरु सफल पनि हुन्छन् । बाल्यकालमा धेरै योजना र सपनाहरु देखिन्छन् । ती कति पूरा हुन्छन् त कति अधुरै। कतिपय बाध्यता र समस्याले बिचमै पढाइ रोकिन्छ ।

पढ्नका लागि औपचचारिक शिक्षा नपाए पनि जीवनमा संघर्षले धेरै शिक्षा दिन्छ । अनि त्यही शिक्षाले समाजको हितमा का मगर्न उत्प्रेरित गर्दछ ।

यस्तै भयो सुर्खेतको गुर्भाकोट नगरपालिकाको वडा नम्बर ४ मा रहेको सिर्जना महिला साना किसान सहकारी संस्थाका अध्यक्ष भावना गहतराजको जीवनमा पनि । आजको जम्काभेटमा उनै गहतराजसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

सानैदेखि सहयोगी
बुवा शशिराम विक र आमा पार्वती विकको कोखबाट वि.सं. २०४१ साल असार ५ गते सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ७ गुहियाबारीमा भावना गहतराजको जन्मभयो । उनी घरको जेठो छोरी हुन् ।

उनको बुवा कृषि कर्म गर्थे । मध्यम वर्गिय परिवारमा जन्मिएकी उनको बाल्यकाल गाउँमै वित्यो । सानो कक्षा उनले नेपाल राष्ट्रिय निमाविमा पढिन् ।

आठ कक्षासम्म त्यही विद्यालयमा पढेकी गहतराज समझदार र आफ्नो काममा ध्यान दिने स्वभावकी थिइन् । नयाँ ठाउँहरु घुम्ने र नयाँ कुरा सिक्ने उनको रुची थियो । सानैदेखि उनी दुख परेका मानिसहरुलाई सहयोग गर्ने स्वभावकी थिइन् ।

बिवाहपछि पढाइ रोकियो
उनी कक्षा ८ मा पढ्दै थिइन् । त्यहीबेला सुर्खेतको गुर्भाकोटमा उनको बिवाह भयो । कक्षामा सधै प्रथम हुने उनले बिवाहपछि पनि पढ्ने इच्छा राखेकी थिइन् । तर घरको जिम्मेवारी र वातावरण नहुँदा उनले पढाइलाई रोक्नुपर्यो ।

उनको सानैदेखिको लक्ष्य भनेको पढेर स्वास्थ्य क्षेत्रमा काम गर्ने थियो । तर परिस्थितिले उनको त्यो लक्ष्य पुरा हुन दिएन । उनले आफ् नो पढाइलाई निरन्तरता नदिए पनि आफ्नो सिकाइलाई भने निरन्तरता दिइन् ।

नयाँ कुराको जानकारी लिने, नयाँ ठाउँमा गएर केही कुरा सिकेर आउने गर्थिन् । उनले केही नयाँ कुरा सिक्नुपर्छ भन्दै गाउँका महिलाहरुलाई जागरुपसमेत गर्थिन् ।

अनि सहकारी स्थापना भयो
उनका श्रीमान् सामाजिक क्षेत्रमा काम गर्थे । धेरै कुरा भावनाले आफ् नो श्रीमान्बाट पनि सिक्ने गर्थिन् । श्रीमान् हिँडेको बाटो उनको सानैदेखिको रुचीको विषय थियो ।

भावनाका श्रीमान्ले पनि सामाजिक काममा सक्रिय हुन सघाउँथे । यही अन्तरगत उनी विभिन्न समुहमा बस्न थालिन् । धेरै कुरा सिक्ने अवसर पाएपछि उनी अझै अब्बल हुँदै गइन् । अनि गाउँका दिदी बहिनीहरुको सल्लाहमा सहकारी गठन गरेर संगठित हुने सल्लाह भयो ।

त्यही सल्लाह बमोजिम नव सिर्जना महिला साना किसान सहकारी संस्था २०६९ सालमा दर्ता गरियो । उक्त सहकारीको भावनाले संस्थापक सचिव पदमा बसेर काम गरिन् । उनले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्छिन् ।

त्यही भएर नै सहकारीका सदस्यले उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरे । सहकारीको उपाध्यक्ष भएकी उनी गत पुषबाट भने सहकारीको अध्यक्ष भएर काम गरिरहेकी छन् ।

भावनाको नेतृत्वमा नयाँ योजना
उनी अध्यक्ष भइसकेपछि सहकारीमा नयाँ योजनाहरु ल्याएकी छन । सहकारीमा अहिले सात सयभन्दा धेरै शेयर सदस्यहरु छन् । सहकारीले कृषि र पशुपालनको लागि सस्तो व्याजदुरमा लगानी गरिरहेको छ ।

धेरैले व्यक्तिगत, व्यवसायिक कृषि पशुपालन र व्यापार व्यवसाय गरिरहेका छन् । विशेषगरी महिलाहरुलाई आत्मनिर्भर बनाइएको छ । भावना आफैले पनि २५ वटा बाख्रा पालेर व्यवसाय गरेकी छन् । प्रदेश सरकारको अनुदान र सहकारीको रकम गरी एक करोड लगानीमा हाइटेक नर्सरी स्थापना गरिएको छ ।

राजनीतिमा पनि सक्रिय
सामाजिक कार्यमा सक्रिय रहेकी उनलाई गाउँका धेरै मानिसहरुले पत्याउँछन् । जुनसुकै काम पनि सामुहिकता र समानतामा हुनुपर्छ भन्ने वकालत गर्ने उनको स्वभाव छ । त्यही भएर होला गाउँका मानिसहरु पनि उनको बाटोमा हिँड्छन् ।

नेतृत्वदायी भुमिकामा उनी छन् । उनले राजनीतिमा पनि उत्तिकै सक्रियता बढाएका कारण २०७४ को निर्वाचनमा उनी गुर्भाकोट नगरपालिकाको वडा नं ४ को वडा सदस्यमासमेत निर्वाचित भएर काम गरिरहेकी छन् ।

जीवनमा संघर्ष
उनी हरेक काममा मेहेनत गर्छि्न । बिवाहपछि उनको जिम्मेवारी धेरै थियो । छोराछोरी हुर्काउनुपर्ने, घरव्यवहार सम्हाल्नुपर्ने । उनले चाहेजस्तो सफलता मिलिरहेको थिएन । तर दुख र परिश्रमबाट नै रमाउनुपर्छ भन्ने सोचबाट पछाडी नहटेकी भावनाले सहकारीसँगै सामाजिक बाटोमा पनि हिँडिन् ।

सामाजिक काम गर्नुपर्ने, घरको काम पनि सक्नुपर्ने उनको काँधमा थियो । उनले ति सबै कामलाई सँगसँगै लिएर अगाडी बढिन् । अहिले पनि घरमा २५ वटा बाख्रापालन गरेकी उनले सहकारी क्षेत्रको काम र राजनीतिक क्षेत्रको काम पनि गरिरहेकी छन् । उनी अहिले सफलताको बाटोतिर छन् ।

भावी योजना
उनको अबको योजना भनेको मानिसहरुलाई व्यवसायिक र आत्मनिर्भर बनाउने छ । त्यसको लागि सबै मानिसहरुलाई जागरुप बनाउँदै उनी अगाडी बढिरहेकी छन् । अर्कोतर्फ आफुले पढ्न नपाए पनि आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिएर समाजको असल मानिस बनाउने उनको योजना छ ।

महिलालाई आत्मनिर्भर बनाउन नेतृत्व गरिरहेकी भावना

कोरिडोर जोडिएसँगै हुम्लाका गाउँगाउँमा बजार

महिलालाई आत्मनिर्भर बनाउन नेतृत्व गरिरहेकी भावना

कोरियन भाषा परीक्षाको आवेदन खुल्याे, यसपटक ९

Leave a comment

Your email address will not be published. Required fields are marked *