प्रणय÷प्रेम दिवस आउनुस एकछिन प्रेम लाई खोतलौ

टेक बहादुर खड्का ’परिवर्तन’
रुकुम पश्चिम,३ फागुन ।

सन २६९ मा रोमका तत्कालीन सम्राटले आफ्नो देशको शैन्य गतिविधिमा असर पर्ने भन्दै प्रेम बिबाह मा प्रतिबन्ध लगाए।यो निर्णय आफ्नो धर्म बिरोधि भएको र यस्तो नियम मान्य नहुने भन्दै भ्यालेनटाइन नामक पादरीले युवा युवतीहरुको जोडि बनाउदै लुकिछिपी बिहे गराउन थाले।पछि त उनले युवा युवतीहरुको जोडि बनाएर सामुहिक बिहे नै गराइदिन थाले।एक कान दुइ कान मैदान हुँदै सो कुरा राजा समक्ष पुग्छ।

राजाले भ्यालेन्टाइन लाई उर्दी अवज्ञा गरेको र राजद्रोह गरेको आरोपमा जेलमा थुन्छन।त्यस अवधिमा एक जेलर कि छोरी उनलाइ भेट्न आँइरहन्थिन,एकदिन भ्यालेन्टाइन सुलि चढ्नु अघि उनले जेलरकी छोरिलाइ एउटा पत्रमा  “love from your velentine” लेखेर दिन्छन् ।

राजाले जारी गरेको उर्दि अवज्ञा गरेको कारण उनलाइ सन २६९ ाभदचगबचथ ज्ञद्ध मा फाँसी दिन्छन। ती महिला लाई केही सन्देश दिएकै कारण आजकै दिन प्रेम पत्र कोरेर सन्देश बाडिन्छ भन्ने जन बिश्वास छ। यसरी पादरी भ्यालेन्टाइनको सम्झनामा february 14 मा प्रणय दिवस मनाउने चलन बिश्वभर छ।

प्रेम संग सम्बन्धित अन्य रोचक र वास्तविकतामा आधारित कहानीहरु पनि छन। लैला मजनुको प्रेम कहानी पनि पागलमा परिणत भएको थियो।भारत र पाकिस्तानको बिचमा पर्ने एक गाउँ अहिले पनि उनीहरुले प्राण त्याग गरेको ठाउँमा जुन १५ मा लैला मजनुको स्मृतिमा मेला लाग्ने गर्दछ जहाँ हिन्दु मात्रै नभै इस्लाम,इसाइ र अन्य धर्म मान्ने प्रेमिल जोडिहरुको भिड हुन्छ।

श्रीकृष्ण र राधाको प्रेमलाइ पनि शास्त्रमा निकै बयान गरिएको छ।कृष्णको १६ हजार १०८ गोपिनी हुदा पनि राधा कृष्णको प्रेम बिछट्टै थियो।श्रीकृष्णको क्रिडास्थल मानिने भारतको बृन्दावन मा अहिले पनि प्रेम मन्दिर अवस्थित छ।पाकिस्तानका प्रेम जोडि हिर र रांझा पनि पारिवारिक कारण बाट छुटेका तर अन्तमा जहर सेवन गरेर देह त्याग गरेको कथा पनि अजर अमर छ।

बिश्व चर्चित साहित्यकार सेक्सपिएरले रोमियो जुलिएटको प्रेम कथा बारे पनि धेरै कुरा बर्णन गरेको पाइन्छ।युद्धमा एकअर्काका दुश्मनीका दुइ पात्र मानिएका रोमियो जुलिएटको पारिवारिक अवरोधकै कारण यो प्रेम पनि संयुक्त साहदतमा परिणत हुन्छ।रोमियो जुलिएटकै सम्झनामा भारतमा ताज महल बनाइएको थियो।

एउटा चर्चित कृति मुनामदन पनि नेपाली समाजको यथार्थ बोकेको धन पैसाको अभावमा परिवारसँग छुट्टिनुपर्दाको पीडा,समाजका पात्रहरुको स्वार्थ र प्रांगारिक मायाको उदाहरणीय काल्पनिक खण्डकाब्य हो।मुनामदन का लेखक लक्ष्मीप्रसाद देवकोटा हुन उनी केही थप बर्ष बाचेको भए नेपाललाई साहित्यमा नोवेल साहित्य पुरस्कार बिजेता भै बिश्वसामु चिनाउने थिए सायद।शिक्षा मन्त्री समेत भैसकेका दोबकोटाले मर्ने बेलामा मेरा अरु सबै कृति जलाइदिए पनि हुन्छ तर यो मुनामदन नजलाइदिनु भनेका भनाइहरु प्रसस्त भेटिन्छन।यसर्थ बुझ्न सकिन्छ कि मुनामदन एक सामाजिक मौलिक नेपाली प्रेम कथा हो।

म अझ नजिकबाट ब्याख्या गरौँ जो कोहि ब्यक्ति ठूलो समस्या सहन सक्दैनन तर रुकुमकि रुपा र कृष्ण ओलिको प्रेम नजिरबाट पनि धेरै जना प्रभावित छन। आफ्ना रानिहरुलाइ खुशी पार्न कबिन्द्र प्रताप मल्लले रानिपोखरी निर्माण,जनरल खड्ग शमशेरले आफ्नी अति प्यारी रानी तेजकुमारीको सम्झनामा इस १८९३ मा पाल्पामा रानिमहल निर्माण देखि लिएर आफ्ना प्रेमिल जोडिहरुको सम्झनामा धेरै ब्यक्तिहरुले गुम्बा मन्दिर,पाटिपौवा निर्माण ,शिलालेख,ताम्रापत्र लेखेको भेटिन्छन।

पछिल्लो समय यता प्रेमले केही बिकृती पनि निम्त्याएको छ।प्रेमकै कारण आत्महत्या गर्नेहरूको संख्यामा उल्लेख्य वृद्धि भएको समाचारहरु पनि आइरहेका छन।जे होस्, जहिले होस्, जसरी होस्, अहिलेलाई प्रणय दिवसको शुभकामना 🌹🌹“नेपाली समाजमा खास प्रेम को अस्तित्व लाई स्वीकार गर्नुछ भने अन्तर धार्मिक र अन्तरजातीय बिबाहलाई स्थापित गरौँ।“

संक्षेप सारमा बयान गर्दा प्रेम स्वतन्त्रता हो,पागलपन हो,सन्तुलन हो,असन्तुलन हो,यात्रा हो,साहारा हो,मुक्ति हो,गन्तव्य हो,जिवनको अवयब हो,सौन्दर्यात्मक बगैंचा हो,कर्तव्य हो,शिक्षा हो, बिज्ञान हो तसर्थ प्रेम नांगिएर हिड्नु र सम्भोग मात्रै होइन,सम्भावना र जीवन हो यसर्थ जुन जात,बर्ण,धर्म भेग संग जोडिए नि प्रेम अपरिहार्य र अलौकिक शक्ति हो।

सबैको प्रेम जीवन मुना र मदन जस्तो होस,रुपा र कृष्ण जस्तो होस।यदि तपाइँहरुलाइ प्रणय दिवस न मनाइ सुख छैन भने हार्दिक शुभकामना भनिदिए तर आज february 14 मा प्रणय प्रणेता Valentine प्रति हार्दिक श्रद्धासुमन।

तपाईको प्रतिक्रिया