दिलिप ढकाल, सुर्खेत | असार १० गतेबाट सूरु भएको पूर्वि सुर्खेतकाे गुर्भाकोट नगरपालिकाको १३ औँ नगर सभा बुधबार सम्पन्न भएको छ।
१३ औँ नगर सभाले आर्थिक वर्ष २०८०/०८१का लागि विनियोजित गरेको बजेट पारित गरेको छ। बुधवार बसेको १३औँ नगर सभाको दोश्रो बैठकले १ अर्ब ४१ लाख ५० हजार ७ सय ५६ रुपैयाँ बराबरको बजेट पारित गरेको हो।
यसअघि असार १० गते बसेको नगर सभाको पहिलो बैठकमा उपप्रमुख मैना विकले ९७ करोड ९१ लाख १५ हजार ७ सय ५६ रकमको बजेट प्रस्ताव पेश गरेकी थिइन।
उक्त बजेटमा चालु आर्थिक वर्षका केही योजना र रकमको दायित्व थपिएपछि बजेटको आकार बढेको बताईएको छ । साथै नगरसभाले गुर्भाकोट नगरपालिकाको आवधिक योजना २०८०-२०८५ पनि बहुमतले पारित गरेको छ।
युग संवाददाता । । २७ असार २०८०, बुधबार २०:२९