वीरेन्द्रनगरमा सञ्चालनमा आयो अशोका अर्गानिक

सुर्खेत । कर्णालीमा उत्पादन हुने नौ प्रकारका रैथाने बालीका परिकारसहित अशोका अर्गानिक होटल सञ्चालनमा आएको छ । वीरेन्द्रनगर–१० शान्तिनगरमा झण्डै सात करोड लगानीमा व्यवसायी चिन्तामणि शर्माले होटल सञ्चालनमा ल्याएका हुन् ।

मंगलवार होटलको कर्णालीका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले उद्घाटन गरेका हुन् । मन्त्री शर्माले कर्णाली सरकारको अर्गानिक प्रदेश अभियानमा निजी क्षेत्रको लगानीले थप ऊर्जा प्रदान गरेको बताए । अर्गानिक प्रदेशको पहिचानमा होटलले थप टेवा पुग्ने विश्वास उनको छ ।

लजसहित २० कोठा रहेको होटलमा ग्राहकको माग अनुसार कर्णालीका विभिन्न अर्गानिक बालीका परिकारहरु उपलब्ध हुने सञ्चालक शर्माको भनाई छ । होटलमा विशेष गरी कर्णालीमा उत्पादन हुने चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर, मार्सी, कोदो, जौं लगायतका रैथाने बालीको परिकारहरु उपलब्ध हुने शर्माको भनाई छ ।

तपाईको प्रतिक्रिया