कर्णालीमा ५१ हजार क्विन्टल बढी चामल खपत

सुर्खेत, २१ साउन ।
कर्णालीका खाद्य डिपोहरुमा चामलको मौज्दात न्युन भएपनि जिल्लामा भने हाल चामलको अभाव भने छैन । बाढी पहिरोका खाद्यान्न ढुवानीमा समस्या भएपनि कर्णालीका केहि डिपोहरुमा अहिले चामलको अभाव नै छ । तर कर्णालीका जिल्ला स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका जिल्ला शाखाहरुमा कुल ११ हजार ६ सय क्विन्टल खाद्यान्न मौज्दात रहेको कम्पनीको कर्णाली प्रादेशिक कार्यालयका प्रमुख महादेव मिश्र बताउँछन् ।

आर्थिक वर्ष २०७९/०८० मा कर्णालीमा ४६ हजार नौं सय ९६ क्विन्टल चामल आएको थियो । यस आर्थिक वर्षमा कम्पनीको प्रादेशिक कार्यालयसँग पाँच हजार चार सय ९७ क्विन्टल खाद्यान्न मौज्दात नै थियो । कर्णाली स्थित प्रादेशिक कार्यालय सहित नेपालगञ्ज, राजापुर क्षेत्रबाट २०७९/०८० आएको ५१ हजार तीन सय ३३ क्विन्टल चामल कर्णालीका जिल्ला पुगिसकेका छन् ।

कुन जिल्लामा कति पुग्यो ?
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कर्णाली प्रादेशिक कार्यालयले कर्णालीका नौं वटा जिल्ला र सुदुरपश्चिमको बाजुरामा समेत चामल पठाउने गर्छ । बाजुराका लागि २०७९/०८० मा चार सय ९९ दशमलव पाँच क्विन्टल चामल कम्पनीको प्रादेशिक कार्यालयले पठाएको छ ।

सुर्खेतमा ११ हजार आठ सय ३३ क्विन्टल र हुम्लामा १० हजार दुई सय ४६ क्विन्टल चामल पठाइएको थियो । हुम्लामा पठाइएको चामल मध्ये हवाई मार्ग मार्फत नौं हजार चार सय ९९ र सडक मार्फत सात सय ४७ क्विन्टल चामल ढुवानी गरिएको कार्यालय प्रमुख महादेव मिश्रले जानकारी दिए ।

मुगुका लागि चार हजार नौं सय एक दशमलव पाँच क्विन्टल, जुम्लाका लागि पाँच हजार आठ सय दुई दशमलव सात क्विन्टल पठाइएको उनले जानकारी दिए । डोल्पामा पाँच हजार आठ सय २२ दशमलव ६५, कालिकोटमा दुई हजार तीन सय ५३ दशमलव नौं, दैलेखमा तीन हजार तीन सय ८१ दशमलव तीन क्विन्टल चामल पठाइएको थियो ।

त्यसैगरी जाजरकोटमा तनि हजार ६ सय ७० दशमलव आठ, बाजुरामा चार सय ९९ दशमलव ८५ र काठमाडौंका लागि तीन सय ५४ क्विन्टल चामल पठाएको कार्यालय प्रमुख मिश्रले जानकारी दिए ।

विक्रि केन्द्रमा किन समस्या ?
हालको समयमा जुम्लामा एक हजार ५८ क्विन्टल चामल मौज्दात छ । त्यसैगरी मुगुमा ६ सय ८८, हुम्लामा एक हजार सात सय क्विन्टल चामल मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कर्णाली प्रादेशिक कार्यालयका प्रमुख मिश्रले जानकारी दिए ।

हुम्लाका लागि थप एक हजार तीन सय क्विन्टल चामल ढुवानी पनि भईसकेको छ । केहि दिन भित्रै सो चामल हुम्ला पुगेपछि जिल्लामा तीन हजार किवन्टल चामल मौज्दात हुने उनले बताए । त्यसैगरी डोल्पामा तीन हजार चार सय र कालिकोटमा ६ सय ८९ क्विन्टल चामल मौजदात रहेको उनले बताए ।

जिल्ला शाखाहरुमा चामल मौजदात रहेपनि केहि विक्रि केन्द्रहरु भने खाली छन् । ढुवानी टेन्डर प्रक्रियामा समयमा सम्पन्न नभएका कारण विक्रिकेन्द्रहरुमा वेलावेलामा मौज्दात शुन्य हुने समस्या उत्पन्न भएको उनले जानकारी दिए । कर्णालीका यि पाँच जिल्लामा मात्र आठ हजार आठ सय २५ क्विन्टल चामल मोज्दात रहेको उनले बताए । कम्पनी अन्र्तगत कर्णालीमा हाल ३३ वटा विक्रि केन्द्रहरु छन् ।

तपाईको प्रतिक्रिया