सुर्खेत, २१ साउन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार २४ गते हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर ग¥यो ।
अख्तियारले शाहीसहित गाउँपालिकाका इन्जिनियर मानबहादुर ऐडी, प्राविधिक सहायक (सब इन्जिनियर) गोर्भद्धन बोहरा, लेखापाल नवीन रेग्मी, सोही गाउँपालिका– २ का तत्कालीन वडाध्यक्ष हरिहर उपाध्यायविरुद्ध मुद्दा दायरे गरेको थियो ।
त्यस्तै देवकोटावाडा खानेपानी ट्याङ्की निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैशी र कोषाध्यक्ष नन्दा देवकोटा (धिताल) विरुद्ध पनि मुद्दा दायर दाएर भएको छ । अख्तियारले उनीहरुलाई सरकारी सम्पत्ति हिनामिना गरेको भन्दै ६ लाख ४८ हजार सात ८६ रुपैयाँ बिगो माग गरी मुद्दा दायर गरेको हो ।
१२ श्रावण २०८० मा मुगुको छायानाथ रारा नगरपालिका, वडा नं. २ मा पार्क निर्माण गर्दा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लसहित सात जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गराएको छ ।
उक्त मुद्दामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मल्ल, तत्कालीन लेखापाल रुन बहादुर सेजुवाल, कम्प्युटर अपरेटर केशरबहादुर रावल, तत्कालीन इन्जिनियर महेश सिंह कठायत र तत्कालीन असिस्टेन्ट सव–इन्जिनियर हस्तबहादुर मल्ल छन् । यस्तै उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर रावल र कोषाध्यक्ष वसन्ती रावलमाथि पनि मुद्दा दायर भएको छ ।
उनीहरुले जिल्ला वन कार्यालयको स्वामित्वमा रहेको जिल्ला वन कार्यालयको कम्पाउण्डभित्रको जग्गामा जिल्ला वन कार्यालयबाट पार्क निर्माण गर्ने अनुमतिसमेत नलिई पार्क निर्माणस्थलको टुंगो नलगाई पार्क निर्माणको लागि डिजाइन, नक्सा र लागत अनुमान तयार गर्न लगाई स्वीकृत गरी उपभोक्ता समितिलाई ३८ लाख ४७ हजार पाँच सय रुपैयाँ पेश्की उपलब्ध गराएका थिए ।
उक्त सरकारी रकममा हानिनोक्सानी हुन गई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर गरेको अख्तियारको दावी छ । कर्णालीका उल्लेखित दुई घटना अख्तियारको दुरुपयोगको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा दायर गरेका मुद्दाका उदाहरण हुन् ।
कर्णालीमा पछिल्लो समय अख्तियारमा अनियमितताका उजुरी मात्रै होइनन् अख्तियारबाट विशेष अदालतमा भ्रष्टाचार कसुरका मुद्दाको संख्या बढ्न थालेको छ । आयोगको सुर्खेत कार्यालयका अनुसार गत तीन आर्थिक वर्षमा प्र्रदेका १० जिल्लाबाट विभिन्न माध्ययमबाट चार हजार सात सय ३४ वटा उजुरी दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा दोब्बर संख्यामा अनियमितताका उजुरी परेको आयोगको सुर्खेतस्थित कार्यालयको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७७/०७८ मा एक हजार दुई सय ८२ वटा उजुरी दर्ता हुँदा आर्थिक वर्ष २०७८/०७९ मा एक हजार चार सय ३२ उजुरी दर्ता भएका थिए । गत आर्थिक वर्ष २०७९/०८० मा यो संख्या दोब्बरले बढेर दुई हजार ८२ पुगेको छ ।
दुई हजार बढी मुद्दा फछर््योट
तीन वर्षको अवधिमा आयोगमा परेका उजुरीमध्ये दुई हजार ६ सय ३४ फछर््योट भएको आयोगको सुर्खेत कार्यालयको तथ्यांकमा छ । आयोगका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा पाँच सय ७५, आर्थिक वर्ष २०७८/०७९ मा नौं सय नौं र आर्थिक वर्ष २०७९/०८० मा एक हजार एक सय ५० उजुरी फछ्र्याेट भएका छन् । जम्मा उजुरीमध्ये दुई सय ८८ वटा विस्तृत अनुसन्धानमा गएका छन् । विस्तृत अनुसन्धानमा गएकामध्ये एक सय १३ उजुरीको प्रतिवेदन आयोगमा पेश भइसकेको छ ।
सुर्खेतमा सबैभन्दा धेरै उजुरी
आयोगको क्षेत्राधिकार भित्र पर्ने कर्णालीका १० जिल्ला र लुम्बिनीका एक जिल्लामा परेका उजुरीको जिल्लागत तथ्यांक हेर्ने हो भने सबैभन्दा धेरै सुर्खेतका रहेको आयोगको सुर्खेत कार्यालयले जनाएको छ ।
तीन आर्थिक वर्षको अवधिमा सुर्खेतबाट नौं सय ९२ वटा उजुरी पर्दा ६ सय १० वटा फछ्र्याेट भएका छन् । सबैभन्दा कम उजुरी रुकुम (पूर्व) बाट २२ वटा पर्दा १६ उजुरी फर्छ्योट भइ सकेका छन् । यस्तै दैलेखबाट सात सय ७७ उजुरी परेकामा चार सय ३३ फर्छ्योट भएका छन् । मुगुबाट चार सय ९१ उजुरीमा दुई सय ६६, कालिकोटबाट चार सय ७८ मध्ये दुई सय ४० र जाजरकोटबाट परेका चार सय ३८ उजुरीमध्ये दुई सय ३४ वटा फर्छ्योट छन् ।
चार सय ३२ वटा उजुरी परेको हुम्लामा दुई सय ३२, जुम्लाबाट तीन सय ३४ मध्ये एक सय ७९, सल्यानबाट तीन सय सात मध्ये दुई सय चार, रुकुम पश्चिमबाट दुई सय ७१ मध्ये एक सय ३३ र डोल्पाबाट परेका एक सय ९२ उजुरीमध्ये ८७ वटा उजुरी फर्छ्योट भएका छन् ।
युग संवाददाता । । २१ श्रावण २०८०, आईतवार १३:०६