कर्णालीका नौं जिल्लामा ‘सस्तो पसल’ सञ्चालन हुने

आईतवार देखि कर्णालीका प्राय सबै जिल्लाहरुमा चाडपर्व लक्षित ‘सस्तो पसल’ सञ्चालन हुने भएका छन् । सल्यान वाहेक कर्णालीका सबै जिल्लामा सरकारले चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने तयारी गरेको हो ।

सस्तो पसल सञ्चालन हुनेहरुमा कर्णालीका रुकुम–पश्चिम, सुर्खेत, दैलेख, डोल्पा, कालिकोट, हुम्ला, जाजरकोट, जुम्ला र मुगु जिल्ला रहेका छन् । सरकारले काठमाडौँ उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थल राखेर पसल सञ्चालन गर्ने जनाएको छ ।

काठमाडौं उतत्यका वाहिरका जिल्लाहरुमा मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की लगायतका जिल्ला रहेका छन् ।

त्यसैगरी तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व, रोल्पा, गुल्मी, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल रहने भएको हो ।

सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्टाएको छ । साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड रुपियाँ छुट्टाएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपियाँ मूल्य तोकेको छ । बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया