उत्कृष्ट कार्य गरेबापत डा. डम्बर खड्का सम्मानित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्कालाई उत्कृष्ठ कार्य गरेबापत सम्मान गरेको छ ।

विश्व मानसिक स्वास्थ्य दिवस एवं राष्ट्रिय सेतो कोट दिवसको अवशरमा मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रा.डा. खड्कालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नगद सहित प्रसंशा पत्र र खादा ओडाएर सम्मान गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उत्कृष्ट कार्य गरेबापत दिएको यो सम्मान आफ्नो मात्र नभई प्रदेश सुर्खेतमा काम गर्ने सम्पूर्ण कर्मचारी प्रदेश अस्पताल परिवार र कर्णालीका जनताको सम्मान भएको प्रा.डा. खड्काले बताए ।

‘काम गर्दै जादा कहिलेकाही आफुले गरेको काम उत्कृष्ट हुने रहेछ उत्कृष्ट कामको मुल्याङ्कन गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई म धन्यवाद दिन चाहान्छु । सम्मानित भइसकेपछि डाक्टर खड्काले भने, ‘कर्णालीमा काम गर्न असजिलो छ र यहाँ काम गर्न सकिदैन भन्ने बुझाइ भइरहेका बेला मलाई मन्त्रालयले गरेको यो प्रसंशाले झन हौसला मिलेको छ ।’

तपाईको प्रतिक्रिया