भेरी नदीमा फेला परेको शवको पहिचान खुल्यो

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४, च्युरा काँरा निवासी वर्ष ३५ का कृतिवहादुर विष्ट विगत ६ दिन देखि वेपत्ता वनेका थिए ।

आज विहान बनगाड कुपिण्डे नगरपालिका–१, को सिंगारी खान्न भन्ने स्थानमा उनको शव फेला परेको छ ।

भेरी नदीमा तैरिरहेको अवस्थामा फेला पारेका स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक घर परिवारसँग समान्य विवाद भए पछि घर देखि असोज २२ गते वेलुकी पख घर छाडेर हिडेको बताइएको छ ।

सुर्खेतको सिम्ता गाउपापालिका–६, राकम निवासी मृतकका भिनाजू भिमबहादुर बुढाले सो शवको पहिचान गरेका हुन् । मृतक विष्टका तीन जना छोराहरु छन् । विष्टको शवलाई पोष्ट मार्टमको लागि जिल्ला अस्पताल, सल्यान लिने तयारी थालिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया