प्रयोगशालामा विभिन्न स्वास्थ्य उपकरणहरु जडान भएपछी सल्यानको लेखपोखराबाटै रगत, दिसापिसाब र खकारको नमुना परिक्षण सेवा सुचारु भएको छ ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखराको प्रयोगशालामा ‘हेमाटोलोजी’ र ‘बायोकेमिस्ट्री सेमीअटो एनालाईजर’ मेशिन संगै ल्याबलाइ आवश्यक केमिकलहरुको व्यवस्थापन गाउँपालिकाले गरेपछी ल्याब सेवा सुचारु भएको हो ।
आफ्नै गाउँठाउँमा गुणस्तरिय स्वास्थ्य सेवाप्रदानगर्ने तथाल्याब सेवाको पहुँच अभिवृद्धि गर्न आफुहरु लागिपरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौदबहादुर बस्नेतले जानकारी दिए ।
ल्याब सञ्चालनमा आएपछि सानो समस्याकालागि पनि जिल्ला अस्पताल, श्रीनगर, दाङ्ग लगायतका ठाउँमा धाउनु पर्ने लेखपोखरा क्षेत्रका बिरामीलाई सहज भएको छ ।
कुनै पनि रोगको निदानगर्नका लागिल्याबको रिपोर्टको अध्यन महत्वपुर्ण भएकाले अब निकै सहज हुने प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा. निशा आचार्यले जनाइन् । गाउँपालिकाले रगतका अवयवहरूको विस्तृत रूपमा परीक्षण गर्ने उपकरण हेमाटोलोजी एनालाइजर(थ्री पार्ट) र विभिन्न जैविकन मुनाहरुको परिक्षण गर्न बायोकेमिस्ट्री सेमीअटो एनालाईजर मेशिन जडानसंगै आवश्यक केमिकलहरुको व्यवस्थापन गरिदिएको वरिष्ठ ल्याब असिस्टेन्ट रेगबहादुर पुनमगरले जानकारी दिए ।
प्रयोगशाला संगै प्राथमिक स्वास्थ्य केन्द्र र यहाँको स्वास्थ्य सेवाप्रवाहको अवस्था तथा निर्माणाधीन १५ शैया अस्पताल भवनको गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकी र उपाध्यक्ष बुद्धकुमारी खत्रीले अनुगमन, निरीक्षण समेत गरेका छन् ।
नागरिकको स्वास्थ्यप्रती आफुहरु संवेदनशील रहेको भन्दै अध्यक्ष बुढाथोकीले उच्च मनोबलका साथ भरपर्दो स्वास्थ्य सेवा प्रदानगर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाइ अनुरोध गरे । उनले ल्याब सेवाकालागि आवश्यक विद्युत तथा ब्याकपको व्यवस्थापनमा पनि पहल गर्ने बताए ।
ल्याब सेवा सुचारु भएसंगै अव लेखपोखरामै सुगर, जन्डीस, कोलेस्ट्रोल, युरिक एसिडको परिक्षण हुने छ । यस्तै यहाँको ल्यावबाट गर्भवतिजाँच संगै मलेरिया (औलो), डेंगु, एचआईभी, हेपाटाईटिस बी, भिरिंगी, हेमोग्लोबिन, टाईफाईड, टीबी, ब्लड ग्रुप परिक्षण हुने छ भने दिसा, पिसाव, खकारको नमुना परिक्षण सेवाप्रदानहुने वरिष्ठ ल्याब असिस्टेन्ट ओउनले जनाए ।
उनकाअनुसार एक जना ल्याब टेक्निसियनको जनशक्ति व्यवस्थापन भएमा ल्याब सेवा झनै प्रभावकारी हुनेछ । गाउँमै ल्याब सेवा, डाक्टरको व्यवस्था भएपछी स्थानीयहरु खुशी छन् । स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन, समितिले ल्याब सेवा बापतको सामान्य शुक्क निर्धारण गर्नेछ ।
शंकर केसी । सल्यान । २७ आश्विन २०८०, शनिबार १९:०१