सिम्ताको गोजी हुँदै काफ्लकोट जाने हुलाकी सडक अलपत्र

सुर्खेतको सिम्ता गाउँपालिका पर्ने गोजी, बजेडिचौर, देउली, काफ्लकोट, थाला हँुदै मध्यपहाडी जोड्ने हुलाकी सडक यतिखेर अलपत्र परेको छ । सडकको स्तरोन्नती गरी पिच गर्ने गरी ठेक्का सम्झौता भएको सडक निर्माण कम्पनीले समयमै कामसम्पन्न नगरेपछि अलपत्र अवस्थामा पुगेको छ ।

सडक डिभिजन कार्यालय सुर्खेतबाट लगाइएको ठेक्काको समयसिमा भित्र निर्माण कम्पनीले सम्पन्न गर्न नसक्दा समस्या भएको सरकारी भनाई रहेको छ भने म्याद थप गरिएको हुँदा बजेट सुनिश्चितता नहुँदा सडक पिच गर्ने कार्य रोकिएको भनाई छ ।

उक्त सडक सिम्ता गाउँपालिकाको लाइफलाईनका रुपमा अंकित रहेको छ । उक्त हुलाकी सडकको २०७९ बैशाख ५ गते पुष्पाञ्जली पिएस जेभिको फर्ममा रवि एण्ड ववि निर्माण व्यवसायीका प्रोपाइटर मेघजंग शाहले ३ किमि सडकको ३ करोड ४३ लाखमा टेण्डर लिएर निर्माण कार्य सुरु गरेका थिए । उक्त सडकको २०८० जेष्ठ मसान्तसम्म सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियोे ।

सो सडक अर्को दोस्रो व्यक्ति जनक विसीलाई मेघजंग शाहले कामको जिम्मेवारी दिए तर समयमै सम्पन्न हुन सकेन । हालसम्म काम गरेको एक करोड ५२ लाख रकम कम्पनीले लिईसकेको जनाएको छ । वेसको काम मात्रै सकिएको छ ।

पिच हुने समयमा वजेट सुनिश्चितता नहुँदा काम रोकिएको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर टोप नारायण पौडेलको भनाई रहेको छ । बजेट प्रदेशमा पठाएका कारण काम गर्न समस्या भएको र ढिलाइ हुन गएको जनाएको छ । यतिखेर ३ किमि सडकमा हालेको वेस समेत उप्किन सुरु गरेको छ ।

सडक समयमा नबन्दा आवत जावतमा कठिनाइ भएको वडा अध्यक्ष विरेन्द्र सिं ठकुरीको भनाइ रहेको छ । काम गर्ने निर्माण कम्पनी र सडक डिभिजन कार्यालय सुर्खेत यसका मुख्य दोषी रहेको उनको भनाइ छ । समयमा काम नगर्दाको परिणाम स्वरूप आज यो सडकपछि परेको उनको भनाइ रहेको छ । सिम्ताका करिव ३ वटा वडाका नागरिक आवत जावत गर्ने मुख्य सडक समयमा काम सम्पन्न नहुनु दुखद पक्ष भएको ठकुरीको भनाइ छ ।

पछिल्लो पटक वजेट सुनिश्चितता नभएको देखाउँदै काम गर्ने कम्पनी र कार्यालय पन्छिनु भनेको नागरिकले सास्ती खेप्नु बाहेक अरु उपाए नभएको जनाएको छ । अर्कोतिर सडक डिभिजनले स्टेमेट बगेर बाहिर गएर स्थानीय कच्चा पदार्थ प्रयोग गर्न नदिएको र वालुवा गिट्टी, वेस क्रसरको मात्रै प्रयोग गर्ने भनेर अट्को थाप्दा समयमै काम हुन नसकेको कम्पनीले जनाएको छ । हालसम्म पनि वजेट सुनिश्चितता नहुँुदा काम अलपत्र पर्ने भएको छ ।

तपाईको प्रतिक्रिया