सुर्खेतको भेरीगंगा नगरपालिकाले नगर क्षेत्रका प्रमुख तीन स्थानका बजारमा अनुगमन गरिएको छ । सोमवार र मंगलवार गरी विभिन्न पसलको अनुगमन गरिएको थियो । खाद्यान्न, एग्रोभेट र मेडिकल पसलहरुमा अनुगमन गरिएको छ ।
हिन्दुहरुको महानपर्व वडादशैँ तथा दिपावली नजिँकिदै गर्दा बजारमा खाद्यान्न लगायतका सम्पूर्ण सामानहरुको अभाब हुन नदिन साथै मूल्यमा एकरुपता ल्याउनको लागि बजार अनुगमन गरिएको अनुगमन समितिका संयोजक उद्योग शाखा प्रमुख चित्रा कुमारी डाँगीले बताइन ।
सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरी अनुगमन समिति गठन गरी भेरीगंगा नगरपालिकाको मुख्य बजार छिन्चु, रामघाट र जहरे बजारका खाद्यान्न, एग्रोभेट र मेडिकल पसलहरुमा अनुगमन गरिएको हो ।अनुगमनमा करीव ६० हजार बराबरको म्याद नाघेकाे सामाग्री भेटिएको र उक्त सामग्रीलाई नगरपालिकाले कर्मचारी एवं जनप्रतिनिधिको रोहवरमा नस्ट गरिएको छ ।
अनुगमन समितिका संयोजक डाँगीले ब्यापारीलाई बजारमा हुने गरेको अखाद्य बस्तु तथा म्याद गुज्रिएका सामानहरु बिक्री बितरण नगर्न तथा आफुले सामान खरिद गर्दा स्वयंम उपभोक्ता पनि सजह हुनुपर्ने बताइन ।
अनुगमन गर्दा म्याद गुज्रिएको सामाग्री राखिएको, पसल नविकरण नगरिएको, दर्ता नगरेर पसल खोलिएको, मुल्य सुची नभएका पसलहरु भेटिएका थिए । म्याद नाघेका सामाग्रीहरु भेरीगंगा नगरपालिका अनुगमन टोलीले नियन्त्रण गरेको छ । साथै अनुगमन गर्दा पसलहरुको कमी/कमजोरी छिटै सुधार गर्न अनुरोध गरिएको छ ।
अनुगमनमा नगर प्रमुख यज्ञ प्रसाद ढकाल, उपप्रमुख धनसरा बोहोरा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेल, प्रशासकीय अधिकृत सिता खत्री, पशुपंक्षी बिकास शाखा प्रमुख भोज प्रसाद चपाई, कृषि शाखा प्रमुख भिम कुमारी अधिकारी, स्वास्थ्य शाखाका अर्जुन चपाई, प्रशासन शाखाका कृष्ण प्रसाद शर्मा, उधोग वाणिज्य संघ भेरीका अध्यक्ष सोमराज ढकाल, नेपाल घरेलु महासंघ भेरीगंगाका उपाध्यक्ष ज्ञानु भुषाल, उधोग विकास शाखामा कार्यरत लाल बहादुर कार्की एवं सुनिता सुनिता जैसी, सुरक्षाकर्मी एवं संचारकर्मीको समेत उपस्थितिमा अनुगमन गरिएको थियो ।
युग संवाददाता । सुर्खेत । १ कार्तिक २०८०, बुधबार १९:२९