जिर्ण झुलङ्गे पुल अझै मर्मत भएन, त्रसित हुदै आवत जावत गर्छन् स्थानीय

सुर्खेतको सिम्ता गाउँपालिका वडा नं –६ भेरि नदिमा रहेको ठिग्नी गाउँ जोड्ने झोलङ्गे पुल उच्च जोखिममा रहेको छ ।

ठिग्नी , कोरेलचौर , रिठाबोट र काप्रीचौरको प्रबेशद्वारको रुपमा रहेको यो झोलङ्गे पुल गत वर्षको अविरल वर्षा र २०७७ सालमा भेरि नदिमा आएको वाढिले पुललाइ आंशिक क्षती गरेको थियो ।

बर्खामा बढेको भेरिको पानीको उच्च बाहाफका कारण सपोर्टिङ लहरा चुडिदाँ जोखिममा वढेको छ । नदिको दिशा परिबर्तन हुदा नदिको एक साइडमा अत्याधिक ढुङ्गा भरेको र जसको कारणले पुलले नदि छुन लागेको छ भने पुलका आठ वटा साइड लहरा चुडिएका छन ।

पुल निकै जिर्ण हुँदै गए पनि सम्बधित ठाउँ बाट कुनै चासो नभएको स्थानिय बासिन्दाको दुखेसो रहेको छ । पुल निकै जिर्ण भएकोले यस क्षेत्रमा निकै समस्या भएको छ ।

नदिमा पानीको वाहव उच्च भए पछि पुल नै छुन्छ ।पुल आवतजावत गर्न त्यहाँका नागरिक डराउने गरेको स्थानीयको भनाइ रहेको छ । यसको दिर्घकालिन समाधानको लागि पक्की पुल वा उक्त पुलको मर्मत संम्हार आवश्यक रहेको अधिकांस गाउँलेहरुको भनाइ रहेको छ ।

पुल मर्मत आबश्यक भएकोले सम्बधित निकायले यसको ब्यबस्था गरिदिन स्थानिय सुवास बि सीको विशेष अनुरोध रहेको छ । निलगिरि निर्माण सेवा वानेश्वर काठमाडौंको कम्पनीले २०७६ मा यो पुलको कार्य सम्पन्नता गरि हस्तान्तरण गरिएको थियोे ।

करिव दुई सय आठ मिटर लम्बाई रहेको यो पुल हाल नदिमा लत्रिन सुरु गरिएको छ । आठ वटा सपोर्टिङ लहरा चुडिएको छ । स्थानीय विकास मन्त्रालयको जिल्ला प्राविधिक कार्यालय सुर्खेतद्वारा विनियोजित वजेटमा २०६२ सालमा यो पुलको काम शुुरुवात भएको थियोे ।

तपाईको प्रतिक्रिया