सादा जीवन उच्च विचार राख्ने भोजवहादुर

पृथ्वी बहादुर सिंह/सुर्खेत
राणा शासन कालमा शाही नेपाली शैनिक कर्णेल शेर वहादुर राणा संग धादिङ घर भएका बावु ढुण्डीराज रेग्मी दैलेख सुवेदार पद पाएर सुर्खेत उपत्यका आवाद गरी दर्ता गर्न दैलेख सदरमुकाममा कार्यालय स्थापना गरी नोकरी गर्न आएका थिए । त्यही क्रममा बुवाले दैलेख उमा गाउ“की देवकोटाकी छोरी रत्नसँग पहिलो विवाह उनीबाट एकछोराको जन्मपछि मृत्यु भएर दोस्रो विवाह कुम्रिगाउँ बस्नेतकी छोरी हरिकला बस्नेतसगं गरेका थिए ।

त्यहि समय सुर्खेत उपत्यकामा आफनो नाममा बदुबुदी मौजामा, जग्गा दर्तागरी जागिर निवृत्त भएपछी कटकुवा गाउँमा बस्ती बस्न ढुण्डीराज आएका थिए । बुवा ढुण्डीराज रेग्मी आमा हरिकलाबाट वि.सं. १९९९ साल असार १५ गते दुइ पट्टिका पाँच भाई मध्यका माहिला छोरा रुपमा भोजवहादुर रेग्मी सुर्खेत को कटकुवा गाउ“मा जन्मिएका थिए । प्रारम्भिक शिक्षा गुरुकुलवाट शुरुगरेर प्रावि कटकुवा स्विकृत भएपछी त्यहि विद्यालयवाट पाँच कक्षा पास गरेका थिए ।

कक्षा ६ देखि आठ कक्षामा हालको जन मावि वीरेन्द्रनगर, गोठिकाँडामा हुँदाबाट उतिर्ण हुन पुगेका थिए । कक्षा ८ पास गरेपछी २०१८ सालमा सामान्य तालिम दैलेखमा गरेर जिल्ला शिक्षा निरिक्षकबाट नियुक्ति लिएर चैत्र महिनामा शिक्षक हुन सिम्ता वजेडिचौर प्रस्तावित प्राविमा अध्यापन गराउन गएका थिए । त्यो समयमा विद्यालय व्यवस्थापन समिती अध्यक्ष भोजेन्द्र बहादुर मल्ल रहेका थिए । दैलेखवाट जिल्ला योजना विद्ले विद्यालय निरिक्षण गरेपछि २०१९ साल माघ २२ गते दैलेखवाट वजेडिचौर प्रावि स्वीकृत भएको थियो ।

२०२० सालमा बजेडिचौर प्रावि अध्यापन छोडेर आफनै गाउँ कटकुवामा अध्यापन गर्न वोलाएकोले फर्केर आएका थिए । २०२३ सालमा हालको जन मावि त्यो समयको गोठिगाँडा हाइस्कुलवाट एसएलसीको टेस्ट पास गरेपछि परिक्षा वोर्ड नेपालगन्जबाट एसएलसी उतिर्ण गरेका थिए । त्यसपछी निमावि संन्चालन गर्न हालको वीरेन्द्रनगर–१६ को मेहेली गाउँमा अध्यापन गराउँन गएका थिए । २०२४ साल चिरन्जीवी खनाल को वहिनी गोकर्ण कुमारी रेग्मीसंग मागी विवाह वन्धनमा वाधिन पुगेका थिए।

२०२४ सालमा पुन कटकुवा अध्यापन गराउँन माग भएपछी फर्केर केहि महिना अध्यापन गराएका थिए । २०२४ सालमा हालको भैरव स्थान त्यो समय गोठिकाँडा बस्ने मदन शर्मा भट्ट सिम्ता वजेडिचौर निमावि प्रस्तावितमा अध्ययन गराई रहेका थिए । उनको आग्रहमा पुनः वजेडिचौर निमावि स्तरमा अध्यापनन गराउन गएका थिए । भानु प्रस्तावित मावि शुरु गराएर कटकुवा प्राविमा अध्ययन गराउन माग भएपछी फर्किए । अध्यापन गराउँदै गर्दा २०२५ सालमा जिल्ला कृषि कार्यालय सुर्खेतले लेखा, प्रशासन र जिन्सी समेत हेर्ने गरी खरदारमा नियुक्ति भएर २०२७ साल सम्म कार्य सम्पादन गरे । २०२७ सालमा राजिनामा दिएर त्यहि वर्ष जिल्ला शिक्षा निरीक्षकको कार्यालयले प्रावि धारापानी हालको ढोरेखाली मावि अध्यापन गराउन पठाएको थियो ।

२०२८ पुनः उही कटकुवा प्राविमा सरुवा खटाएर अध्यापन पछि २०२९ सालमा शिक्षकवाट राजिनामा दिएर घर व्यवहारिक कार्य गरी बसेका थिए । त्यही सालको हिउँदमा राजा विरेन्द्रले नेपाललाई चार विकास क्षेत्र घोषणा गरी सुदूरपश्चिमाञ्चलको विकास क्षेत्रको सदरमुकाम सुर्खेत उपत्यका राखी वुलवुलेमा क्याम्प खडागरी जिल्ला भ्रमणमा आए । त्यही समयमा अन्चलाधीश कार्यालय अस्थायी रुपमा उनको खजुराको घरमा भाडामा खोज्दै वस्न आएका थिए ।

राजाको सवारी राजधानी फिर्ता भएपछी अन्चलाधीश कार्यालय घर छोडेर खाली हुँदा फाल्गुन अन्तिम तिर घरभाडाँमा खोज्दै काठमाडौंवाट हावा पानी विज्ञान केन्द्रका इन्जिनियर अफिस खोल्न आएपछी आफनो घर भाडामा दिएका हुन् । २०३० सालमा त्यही हावापानी मापन कार्यालयमा जागिरको लागी नायक हावापानी पदमा अस्थाई नियुक्ति लिएर सेवा गर्न थाले लगत्तै त्यहि वर्ष लोकसेवा आयोग खुली नेपालगन्ज गएर परीक्षा दिई पास गरेर नियुक्ति लिएर स्थायी भएका हुन् ।

२०५७ सालमा ५८ वर्ष उमेर हद पुगेपछी निवृत्त हुन पुगेका हुन् । त्यस पछी विरेन्द्रनगरका विभिन्न स्थानमा हुने विकास निमार्ण देखि भौतिक संरचना यातायात सीमा वडा नक्साकंन समेत सवै समाजसेवी वुद्धिजिवी राजनितिज्ञयहरुको साथ लिएर समेत काम गर्ने गरेका थिए । त्यस्तै विद्यालय पुस्कालय सहकारी संस्था खोल्ने समेतमा अहम भुमिका निभाउँदै नेरामावि खजुराको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पद रही २०७९ चैत्र सम्म सेवा समेत गर्न पुगेका थिए । उमेरले पनि ८० वर्ष लागे पछि शारिरीक अशक्तताबाट विदा लिएर बृद्ध जीवनमा उमेरले आउने प्रेसर थाइराईड, सुगर, प्रोटेड् दमको औषधी सेवन गरी वीरेन्द्रनगर–८, खजुरामा आफनो घरमा जीवन संगिनी गणेशकुमारी रेग्मी संगै बसी रहेका छन् ।

एकछोरा चार छोरी सबै अधिकृत तहमा नेपाल सरकारको सेवा गरिरहेका छन् । ठुली छोरी कमला रेग्मी विवाह वन्धन नबाँधी वावु आमा सँगै घरमा रहेकी छिन् । उनी भन्छन्, ‘जनसेवा गर्न सरकारी जागिर गर्न र जनताबाट निर्वाचित जनप्रतिनिधीहरु ले जनताको सेवाको लागी मेरो जिम्मेवारी हो । म मेरो तलव भत्तावाट जीवन चलाउनु पर्छ । राज्यका अंगहरुको प्रयोग गरेर व्यथितीवाट अकुत संम्पंती आर्जन गर्ने चाहाना राख्नु हुँदैन ।’

विभिन्न सेवा गरेवापत कृष्ण संस्कृत मावि, वुलवुले ऋण सहकारी संस्था, जिल्ला भलिवल संघ, प्ररेणा पुस्कालय, नेरामावि खजुरा, नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी सुर्खेतबाट सम्मान प्राप्त गरेका छन् । प्रजातन्त्रमा प्रजातान्त्रीक हुन सामान्तीवादले उत्पादन गरेका निरुन्कुश सामान्तवादी संस्कार दलाल मनोवृत्तीको अन्त्य गर्दै जन–सासनले मात्र देशले संम्वृद्धि लिन्छ । सत्ताको लागी पार्टी विभाजनदेखी लामो समय अस्थीर प्रकारको प्रजातन्त्र कहिले सम्म रहला ? प्रतिगमनकारीहरुले टाउको उठाउलान कि, प्रजातन्त्र स्वतन्त्रताको जनअधिकार गुम्ला भन्ने चिन्ता लिरहेका छन् । साधा जिवन उच्च प्रजातान्त्रिक विचारका धनी भोजवहादुरबाट आउदो पिढीले सिक्नु जरुरी छ ।

तपाईको प्रतिक्रिया