१६ बर्षको उमेर देखि कृषि क्षेत्रमा काम गर्दै आएका बिकास शाहीले बार्षिक १५ लाख बढि आम्दानी गर्दै आएका छन् । ८ जनाको परिवारलाई उनले नर्सरी फर्मबाटै आर्थिक खर्चको जोहो गरेका छन् ।
खाँडाचक्र नगरपालिका–६ निवासी उनी कृषि क्षेत्रमा चासो राख्दै आएका व्यक्ति हुन् । शाहीले कृषि जेटिए र आईएससी एजी समेत अध्ययन गरेका छन् । नर्सरी मार्फत शाहीले कालिकोट लगायत छिमेकी जिल्लाहरुमा पनि बिरुवाहरु बिक्रि बितरण गर्दै आएका छन् ।
शाहीको समाज विकास कृषि फर्मले जिल्लामा परम्परागत खेति गर्ने चलन बढ्दो अवस्थामा देखेपछि जिल्लामा नै तरकारी तथा नर्सरीका विरुवाहरुको अनुसन्धान समेत गर्ने गरेको छ ।
फर्मले नर्सरीका विरुवा, टनेल, तकारी तथा फलफुलका बोटविरुवाहरु उत्पादन गरी विक्री वितरण गर्ने र कृषकहरुलाई आवश्यक प्राविधिक सल्लाह समेत दिने शाहीको लक्ष छ । संचालक शाहीले हाल सम्म दुई करोड ५० लाख रुपैयाँ लगानी गरिसकेको जानकारी दिए । उनले विभिन्न संघ संस्थाको सहयोग र व्यक्तिगत लगानीमा नर्सरी सम्बन्धिका विभिन्न काम गरिरहेका छन् ।
शाहीले नर्सरीका बिरुवा, फलफुल तथा तरकारीबाटै बार्षिक १५ लाख बढि आम्दानी गरिरहेका छन् । रोजगारका लागि विदेशीने नागरिकहरुलाई स्वदेशमा नै केही गर्न उनको सुझाव छ । फर्ममा हाल १० जना प्रत्यक्ष रोजगारीमा जोडिएको उनले बताए ।
हाल शाहीको नर्सरी फर्ममा ४० हजार ओखरका बिरुवा, १० हजार टिमुर, पाँच हजार सल्लो, पाँच हजार देवदार र ६ हजार वटा डालेघासका बिरुवा हुर्कीरहेका छन् ।
हस्त चाैलागाँई । कालीकोट । ५ कार्तिक २०८०, आईतवार १५:३१