बिहीबार आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा लगाइँदै छ । दशैंको टीकाको दिन आफन्तकहाँ जान नभ्याएकाले कोजाग्रत पूर्णिमाको दिनसम्म टीका, जमरा र आशीर्वाद लिन जाने गर्छन् । कतैकतै विजया दशमीकै दिनबाट दशैं सकिने गर्छ ।
सरकारी कार्यालयहरू बिहीबारसम्म बन्द रहेका छन् । मंगलबारदेखि पूर्णिमासम्म मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा टीकाका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।
गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि दशैं शुरु भएको हो । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो दशैं पर्व समाप्त हुन्छ ।
युग संवाददाता । सुर्खेत । ९ कार्तिक २०८०, बिहीबार १३:१८