घाइतेको उपचारमा कुनै कमी नहोस: उपप्रधानमन्त्री खड्का


उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेश अस्पताल सुर्खेत पुगेर भूकम्पमा परी घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

उनको सचिवालयले दिएको जानकारी अनुसार उपप्रधानमन्त्री खड्काले घाइतेको स्वास्थ्य अवस्था, अस्पतालबाट पाएको सेवालगायत विषयमा चासो राखेका थिए ।

साथै उपप्रधानमन्त्री खड्काले घाइतेको उपचारमा कुनै कमी नहुन नदिन चिकित्सकहरूसँग आग्रह गरे ।

सरकारले घाइतेको उपचार निःशुल्क गर्ने निर्णय गरेको जानकारी पनि उनले चिकित्सक र विरामीलाई सुनाए । जाजरकोट र रुकुम पश्चिमबाट त्यहाँ २७ जना घाइतेको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया