कर्णालीमा आइतवार शोक मनाउने, भूकम्पमा परेर ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त


कर्णाली प्रदेश सरकारले आइतवार शोक मनाउने भएको छ ।

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परि ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गर्दै शोक मनाउने भएको  उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्णकुमार बीसीले जानकारी दिए ।

उनका अनुसार राहत तथा उद्धार लगायतका कार्यका लागि प्रदेश सरकारले अति प्रभावित, प्रभावित, सामान्य प्रभावित पालिकाहरुलाई पाँच लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म तत्काल पालिकाको खातामा पठाउने निर्णय गरेको छ । पीडितहरुलाई पुनर्स्थापना गर्न कुनै कसर बाँकी नराख्ने पनि मन्त्री बीसीले बताए ।

आपत्कालीन राहतलाई व्यवस्थित गर्ने, यथार्थ तथ्याङ्क सङ्कलन गर्ने र छिटोभन्दा छिटो पुनर्निर्माणमा तत्परता दिइने उनले बताए ।

तपाईको प्रतिक्रिया